काठमाडौं, २४ पुस । नेपाली सेनाले चीनको जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्ने निर्णय गरेर ‘डिफेन्स डिप्लोमेसी’ मा नयाँ पाइला चालेको छ । विभिन्न मुलुकसँग संयुक्त तालिम, सेमिनार, अध्ययन र बैठक गर्दै आइरहेको भए पनि नेपालले संयुक्त सैन्य अभ्यास गर्न लागेको चीन तेस्रो मुलुक हो । नेपाली सेनाले सन् २०११ देखि भारतसँग ‘सूर्य किरण’ नाम संयुक्त अभ्यास गर्दै आइरहेको छ भने अमेरिकासँग विपद् व्यवस्थापनको क्षेत्रमा संयुक्त अभ्यास गर्दै आएको छ ।

आजको कान्तिपुरमा खबर छ– नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले संयुक्त अभ्यासबारे चीनसँग प्रारम्भिक छलफल भएको बताए । ‘दुवैतर्फबाट आ–आफ्ना एजेन्डा प्रस्तुत भएका छन् । यसलाई अन्तिम रूप दिन बाँकी छ,’ कार्कीले भने, ‘अभ्यासको मोडालिटी तयार पारेर दुवै पक्ष बसेर अन्तिम रूप दिने छौं ।’ उनले अभ्यासको मोडालिटी नै तयार नभइसकेका कारण मिति तोकिइनसकेको बताए । ‘दुवैतर्फबाट मिति प्रस्ताव भएको छ, अन्तिम रूप लिएको छैन ।’ उनले दुई मुलुक बीचको हुन लागेको अभ्यासलाई नियमित प्रक्रियाको संज्ञा दिए । ‘यो मेलेटरी डिप्लोमेसी सम्बन्धको विस्तारको कुरा हो,’ कार्कीले भने ।

नेपाल–चीन संयुक्त सैनिक अभ्यासलाई राष्ट्रको वैदेशिक नीति र सुरक्षा सम्बन्धको आधारमा अघि बढाइन्छ । २०६२र६३ पछि नेपाली सुरक्षा निकायसँग चिनियाँ सैनिकको सम्बन्ध विस्तार भएको हो । त्यसयता चीनले सशस्त्र प्रहरी बलको पाँचखालमा निर्माणाधीन तालिम केन्द्रलाई सहयोग गर्नुका साथै सेनालाई पनि गैरसैनिक सहयोग गर्दै आइरहेको छ । यसपटक भने चीनले नेपाली सेनासँग ‘कोर’ सैनिक सम्बन्ध स्थापित गर्न लागेको हो ।

नेपालमा संविधान जारी भएपछि त्यसलाई लिएर असन्तुष्टि जनाउँदै करिब ५ महिना भारतले नाकाबन्दी लगायो । त्यसबेला केपी ओली सरकारले चैत ७–१४ सम्म चीन भ्रमण गरी दुई मुलुकबीचमा पहिलो पटक व्यापार र पारवहन सम्झौता गर्‍यो । त्यही व्यापार तथा पारवहन सम्झौतालाई टेकेर कूटनीतिक सम्बन्धका आधारमा सैनिकतर्फ पनि संयुक्त सैन्य अभ्यास अघि बढाइएको हो । ‘सबैभन्दा पहिला राजनीतिक इच्छा शक्ति हो, त्यसपछि काम गर्न सहज हुन्छ,’ सैन्य जानकार तथा सेनाका पूर्वरथी डा. प्रेमसिंह बस्न्यातले भने । चीनसँग कूटनीतिक सम्बन्धलाई अघि बढाएपछि त्यसअनुसार सुरक्षातर्फको सम्बन्धलाई पनि जोड दिइएको छ ।

नेपाल र चीनबीच हुने संयुक्त सैनिक अभ्यासबारे भारतीय चासो व्यक्त भइसकेको छ । भारतीय सञ्चारमाध्यमले नेपाल र चीनबीच हुन लागेको संयुक्त सैनिक अभ्यासका सम्बन्धमा भारत बेखुसी छ भन्ने तर्क गरिरहेका छन् । तर, भारतीय विदेश मन्त्रालयमा बुधबार ९पुस २०० आयोजित पत्रकार सम्मेलनमा विदेश राज्यमन्त्री भीके सिंहले नेपाल र भारतीय सेनाबीच निकै बलियो र विशिष्ट सम्बन्ध रहेको बताउँदै चीनसँगको संयुक्त अभ्यासले नेपाल–भारत सम्बन्ध प्रभावित नहुने बताए । उनले भनेका थिए, ‘नेपाल र भारतीय सेनाबीच विशिष्ट सम्बन्ध छ । हामी नेपालसँगको सम्बन्धलाई कुनै तेस्रो मुलुकको आँखाबाट हेर्दैनौं ।’ टाइम्स अफ इन्डियालाई डिसेम्बर २६ ९पुस ११० मा प्रतिक्रिया दिँदै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालले अन्य मुलुकसँग पनि संयुक्त सैनिक अभ्यास गर्दै आइरहेको र चीनसँगको संयुक्त अभ्यासले नेपाल र भारतबीचको विशेष सम्बन्धलाई कुनै असर नपर्ने बताएका थिए ।

राजनीतिक तथा सुरक्षा विज्ञ प्राध्यापक श्रीधर खत्री संयुक्त अभ्यासलाई साधारण अर्थमा दुई छिमेकी मुलुकबीचको सैन्य र मित्रताको सम्बन्ध मान्छन् । उनी भन्छन्, ‘दुई मुलुकका सैनिकबीच संयोजन, समन्वय र एकअकार्को अध्ययनका लागि पनि यस्ता अभ्यास गरिन्छ ।’ उनी नेपाली सेनाको भारत र चीनसँग फरकखाले सम्बन्ध भएकाले यसमा सन्तुलन र तुलनाको प्रश्न नहुने बताउँछन् । ‘भारत र नेपालको सेनाको सम्बन्ध गहिरो छ । कटवाल काण्ड र अन्य घटनाहरूमा हामीले देखिसकेका छौं,’ उनले भने, ‘भारतले अमेरिका र चीनसँग पनि अभ्यास गर्दै आइरहेको छ । हामीले अन्य मुलुकसँग पनि संयुक्त अभ्यास गर्दै आइरहेका छौं ।’

सैन्य जानकार बस्न्यात परापूर्व कालदेखि नेपालको चीनसँग सम्पर्क भएको उल्लेख गर्दै २० वर्ष अघि हुनु पर्ने संयुक्त सैनिक अभ्यास हाल आएर हुनुलाई ‘आइस ब्रेक’ को संज्ञा दिन्छन् । उनी थप्छन्, ‘यो असाध्यै राम्रो कुरा भएको छ । यसका लागि नेपाल सरकारलाई धन्यवाद दिनुपर्छ ।’ उनी यस्ता संयुक्त अभ्यासले दुई मुलुकका भौगोलिक अवस्थाको जानकारी पाउने काम गर्न सहज हुन्छ ।

नेपालले भारत, पाकिस्तान, चीन, बेलायत, बंगलादेश, अमेरिकालगायत मुलुकमा स्टाफ कलेज र नेसनल डिफेन्स कोर्स (वार कलेज) गर्दै र त्यहाँका सैनिकलाई गराउँदै आइरहेको छ । नेपाल र अन्य सेना मिलेर माउन्टेन वारफेयर, पारा जम्प, युद्धकला आदि गर्दै पनि आइरहेको छ । भारतीय सैनिकले अमेरिका, रूस, चीन, काजकिस्तान, श्रीलंका, फ्रान्स, मंगोलियालगायत मुलुकसँग संयुक्त अभ्यास गर्दै आइरहेको छ ।

सैन्य जानकार इन्द्रा अधिकारी संयुक्त अभ्यासलाई एक मुलुकसँग जोडेर अर्कोसँग हेर्न नमिल्ने मान्छिन् । ‘हाम्रो दुवै छिमेकीसँग विशिष्ट सम्बन्ध छ । एक मुलुकसँग अर्कोको तुलना हँुदैन । कुनै पनि देशसँग सम्बन्ध गर्दा अर्को देशलाई हेर्नु पर्दैन । हामी स्वतन्त्र देश हौं,’ उनले भनिन्, ‘हामीले यो कुराचाहिँ बिर्सन हुँदैन कि चीनले भारतलाई चिढ्याएर नेपालमा काम गर्दैन । भारतले नाकाबन्दी लगाउँदा नेपाललाई तातोपानी नाका आवश्यक थियो । नेपालले पटक–पटक आग्रह गर्दासमेत चीनले हालसम्म पनि उक्त नाका खोलेको छैन । के चीनले यो नाका खोल्न नसकेको हो त रु पक्कै होइन, चीनले चाहे, जे पनि गर्न सक्थ्यो । तर उसले भारतलाई चिढ्याउन चाहेन ।’

अर्का सैन्य जानकार गेजा शर्मा वाग्ले भने संयुक्त अभ्यासमार्फत चीनले नेपाली सुरक्षा निकायमा आफ्नो प्रभाव बढाउन खोजेको बताउँछन् । ‘चीन आफ्नो आन्तरिक र राष्ट्रिय सुरक्षामा नेपाल सरकारबाट मात्रै विश्वस्त हुन नसकेपछि एपीएफ र नेपाली सेनाजस्तो निकायलाई विश्वासमा लिएर ढुक्क हुन खोजेको देखिन्छ,’ उनले भने, ‘तिब्बतसँगको सुरक्षा संवेदनशीलता छ । नेपालका सुरक्षा निकायलाई विश्वासमा लिए, चीनलाई सहज हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah