नेपाली कांग्रेसका नेता गगन थापाले १० वर्षसम्म काठमाडौंमा जति मेडिकल कलेज खोलेपनि हुन्छ र नेपाललाई मेडिकल हब बनाउनुपर्छ भन्ने ज्ञानको स्रोत के हो भनी प्रश्न गरेका छन्। आज बानेश्वरमा डा. गोविन्द केसी बचाउ अभियानले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीसँग यस्तो प्रश्न गरेका हुन्।

थापाले काठमाडौंमा १० वर्षसम्म थप मेडिकल कलेज खोल्न हुँदैन, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनहुन्न भन्ने कुराको पछाडी विज्ञहरुले रहेको माथेमा कार्यदलको निचोड रहेको बताए। थापाले त्योभन्दा पछाडी कुनैपनि आयोग नबनेको भन्दै त्यो आयोग नै चिकित्सा शिक्षाको सबैभन्दा ठूलो ज्ञानको स्रोत भएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन ल्याउँदा प्रधानमन्त्रीको कद नघट्ने भन्दै उनले त्यो त्याग देखाउन समेत आग्रह गरे। सभालाई सम्बोधन गर्दै कार्यदलका संयोजक केदारभक्त माथेमाले अहिलेको सरकार आमजनताको हितमा नलागी सीमित व्यक्तिको हितमा लागेको आरोप लगाए। उनले आफूहरुले चिकित्सा शिक्षालाई कसरी गुणस्तरी बनाउने भनेर दिएको सुझावलाई हचुवाको भरमा सरकारले पन्छाउन खोजेको गुनासो गरे। टिभी आन्नपूर्ण बाट