काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।
न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासमा आइतबार विपक्षीका साथै रिट निवेदक पक्षको जवाफी बहस पनि सकिएको छ ।
बहस सकिएपछी सर्वोच्चले आजै फैसला सुनाउने सम्भावना रहेको रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।
कार्कीको योग्यताका साथै अदालततको मानहानीको मुद्दालाई एकसाथ राखेर सुनुवाई भएको हो । अख्तियार प्रमुखमा नियुक्तिलाई कार्कीको योग्यता नपुग्ने भन्दै अर्यालले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको थियो ।
त्यसविरुद्ध प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले निसा हुने आदेश दिएपछि सबैको ध्यान तानेको छ ।
उक्त आदेशको म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीविरुद्ध मानहानीको मुद्दा पनि गरेको छ ।
लगातार संसद अवरुद्ध हुुँदा संसदमा उनी विरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुन सकिरहेको छैन ।



