चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता लेखेका छन् ।
आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय ‘बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन २०७५’ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका थिए ।
यस्तो छ प्रधानमन्त्री ओलीकाे कविता परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेतबारी, झपक्क कान्ला र अालि सपनामा भएपनि देख्न पाउँ,
चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्नती मुस्कुराएको देख्न पाउँ मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।










