२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनलमा फ्रान्सले २-१ गोलको अग्रता लिएको छ । खेलको ३७ औँ मिनेटमा ग्रिजमयानले पेनाल्टी मार्फत गोल गर्दै २-१ गोलको अग्रता लिएको हो । यस अघि खेलको २८ औँ मिनेटमा पेरिसिकले गोल गर्दै खेलमा बराबरी गोल फर्काएका थियो ।
यस अघि फ्रान्सले १८ औँ मिनेटमा अग्रता लिएको थियो ।फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा चलिरहेको खेलमा फ्रान्सले पाएको फ्री किकको मा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेका हुन् ।दुवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेका छन् ।
फ्रान्स र क्रोएसिया दुवै ४-२-३-१ को फर्मेसनमा मैदानमा उत्रेकाछन् । फ्रान्सले तेस्रो र र क्रोएसियाले पहिलो पटक विश्वकपको उपाधि भिडन्त गर्दैछन् । यस विश्वकपमा फ्रान्सले कुनै पनि म्याच अतिरिक्त समयमा लानुपरेन । क्रोएसियालले नकआउटका सबै खेल अतिरिक्त समयमा जितेको छ ।



