साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन्। प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

‘सुरक्षामामा खटिएका प्रहरीलाई टोलाएर हेर्छ।

कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ। केही दिनअघि आफुलाई सेनाको सुरक्षा हुनुपर्ने माग गर्‍यो,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने । उनले कारागार भित्र प्रहरी बाटै असुरक्षित भएको भन्दै सेनाको सुरक्षा माग गरेको स्रोतको दाबी छ ।