https://www.youtube.com/watch?v=KvuinxXEuJk
बिष्णुप्रसाद पोखरेल
दमक । हिन्दु धर्मालम्विहरुको सर्वोच्च पदवि शंकराचार्यका लागि पहिलो पटक नेपालकी साध्वी महामण्डलेश्वर हेमानन्द गिरी चयन भएकीछन् । मोरङ पथरीकी स्थायी बासिन्दाको रुपमा रहेकी गिरीले नेपालको तर्फबाट नै आफूले यो पदवीका लागि दाबी गरेकी थिइन ।
भारतमा भइरहेको धार्मिक गुरुहरुको बिशेससभामा सयौ सन्तहरुले दाबी पेस गरेकामा उनी छनौटमा परेकी हुन् । शंकाराचार्य पदवीका लागि महिला साध्वीको अहिलेसम्म दाबी पत्र कहिल्यै स्वीकार नगरिएको अवस्थामा पहिलो पटक आफ्नो दावी स्वीकृत भएको उनले यसभन्दा अगाडि जनाएकी थिइन ।
भारतका धेरै सन्त तथा महात्माहरुले समेत यस पदवीका लागि दाबी गरेका थिए । नेपालका बिभिन्न धार्मिक शक्तिपीठहरु र भारतमा रहेका शक्तिपीठहरुको सम्बन्ध रहेको जनाउदै त्यस्ता पीठहरुको संरक्षणमा यसको महत्व रहने बताइन्छ ।
गिरीको भनाइमा धार्मिक जागरण मार्फत नेपाल र भारतबीचको सम्बन्ध सुधारका लागि यो उपयुक्त कडि हुने जनाउदै हिन्दु धर्मको सबैभन्दा सर्वोच्च पद नै शंकारचार्य भएको बताउदै आएकी थिइन ।
महामण्डलेश्वर,आचार्य महामण्डलेश्वर हुँदै शंकारचार्यसम्म उनि पुगेकी हुन् । दूइ बर्ष अघि आफूले महामण्डलेश्वर पदवी पाएको र भारतमा सुनको रथमा आफूलाइ राखेर घुमाइएको स्मरण उनमा रहेको थियो ।
शंकाराचार्य हिन्दु परम्पराको उच्च पद भएको र सनातन धर्म सञ्चालनका लागि चारवटा मठ रहेको उनको भनाइ छ । उत्तराखण्डको ज्योती मठलाइ उनले दाबी गरकी थिइन् । यो हिमालयको मठ भएकाले त्यसमा नेपालको अधिकार रहेको उनको दाबी थियो ।
शंकराचार्यले हिन्दुत्व रक्षाका लागि भारतका चार स्थानमा चार मठहरु स्थापना गरेका थिए । यी चार स्थानको समुचित संचालन र रक्षाका लागि विभिन्न अखाडाहरु पनि बनाईएका थिए । यी अखाडामा विभिन्न दशनामी सन्यासीहरु तयार भए र ती विद्वान संन्यासीहरुको सहमतीमा प्रमुख चार मठमा शंकराचार्यको चयन हुने गर्छ ।
प्रमुख चार स्थल मध्ये भारतको उत्तराखण्डको ज्योतिर्मठको शंकराचार्यका लागि नेपालकी साध्वी गिरीको छनौट गर्वको बिषय भएको भन्दै सामाजिक सञ्जालहरुमा बधाइ आउन थालेको छ ।
गिरीको वास्तविक नाम हेमा ढुंगाना हो । आफ्नो नामले भन्दा पनि अनन्त श्री विभुषित महामण्डलेश्वर श्वामी हेमानन्द गिरी महाराजका नामले चर्चितछिन् । यो सन्यासीहरुले पाउने आचार्य गुरु पद हो, जुन पाउनेमा उनी नेपालकै एकमात्र महिला थिइन् । ध्यान र योगाको प्रशिक्षक हुँदै उहाँ पतञ्जली योग महिला राष्ट्रिय अध्यक्ष समेत उनि हुन् ।
शंकाराचार्यको दाबी गर्दा गिरीसंग गरिएको कुराकानी
https://www.youtube.com/watch?v=KvuinxXEuJk










