दमक/झापाको दमकमा भएको प्रथम दमक गोल्डकपको आम्दानी र खर्च सार्वजनिक गरेको छ । सोमबार दमकमा पत्रकार सम्मेलन गरेर दमक नगर खेलकुद बिकास समितिले हिसाब किताब सार्वजनिक गरेको हो ।
समितिका पदाधिकारी र तथा केहि सदस्यहरुले असन्तुष्टि जनाएपनि समितिले हिसाव किताव सार्वजनिक गर्दै आफुहरुले यसमा कुनै बेइमानी नगरेको नगर खेलकुद बिकास समितिका अध्यक्ष केन्द्र प्रशाइले बताए ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको उपस्थितिमा आयब्यय प्रस्तुत गर्दै ७५ लाख रुपिया खर्च भएको प्रशाइले बताए । ७५ लाख ६४ हजार ८ सय ४४ रुपिया खर्च देखाइएको छ ।
यसैगरी आम्दानी १ करोड ५२ लाख ७ सय १३ भएकोमा खर्च कटाएर ३४ लाख ७७ हजार ८ सय ६९ बचत भएको प्रशाइले बताए । यसमा उठन बाँकी रकमलाइ देखाइएको छ । खेल संयोजक भीमराज केसीले दमकलाइ चिनाएको बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख ओलीले दमकलाइ खेलकुदको हव बनाईने बताउदै सफलतापुर्वक दमक गोल्डकप भएकोमा खुसि प्रकट गरे ।











