दमक/ झापाको रतुवा खोला सहित ९ वटा खोलाको बैज्ञानिक एवं ब्यवस्थित तटबन्धनका लागि चीनिया प्राविधिक टोली झापा आइपुगेको छ । मंगलवार टोली झापा आएको संघीय साँसद एलपी साँवाले जानकारी दिएकाछन् ।
चाइना कम्यूनिकेशन कन्ट्रक्सन कम्पनीका ७ जना प्राविधिक टोलीहरु झापा आइपुगेका हुन् । उनका अनुसार उनिहरुले प्रारम्भिक चरणको छलफल समेत गरिसकेकाछन् र अब काम अघि बढाउनेछन् ।
रतुवा, मावा, कन्काइ, कमल लगायतका ९ वटा खोलाहरुको प्रारम्भिक चरणको बिस्तृत अध्ययन यो टोलीले गर्नेछ । यसमा नेपाली प्राविधिकहरु समेत संलग्न रहने बताईएको छ ।
प्रधानमन्त्रि केपी ओलीका स्वकीय सचिवालयका सदस्य होमबहादुर थापका अनुसार बुधबारदेखि टोलीले खोलामा नै काम थाल्नेछ । एक महिना अघि प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा भएको सम्झौता अनुसार काम अघि बढ्न लागेको उनले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बर्षौदेखि रतुवा र मावा खोलाको पाता फर्काउने बताउदै आएका थिए । यसले उनलाइ आलोचनाको पात्र समेत बनाएको थियो ।साँसद साँवा, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रदेश साँसद झकलसिंह दर्लामी लगायतले टोलीलाइ भद्रपुर बिमानस्थलमा स्वागत गरे ।










