सुनसरी, २५ पुस । सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मधेसबाट बाजागाजासहित बिदाई गर्दै भाषण गरेको केही साता नबित्दै एमाले माथि आक्रमण हुन थालेको छ।

एमालेलाई बिदाई गर्ने भनी आइतबार गरिएको कार्यक्रममा एमालेलाई मधेसी नचाहिने भए मधेसीलाई एमाले किन चाहियो ? नारासहितको ब्यानरसहित बाजागाजा बजाएर केही मानिस सहभागी भए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो कार्यक्रममा सहभागी केही स्थानीयबासीले एमालेले मधेसी जनताविरुद्ध गतिविधि गरेको तथा संविधान संशोधनविरुद्धको आन्दोलनमा सहभागी भएको आरोप लगाए ।

उनीहरुले मधेस आन्दोलनमा मधेसी जनताविरुद्धमा उत्रिएको एमालेलाई मधेसबाट सम्मानपूर्वक बिदाई गरिएको दाबी गरेका छन् ।

माधव नेपाल हरिनगरा जाँदै

एमालेले कार्यक्रम गर्ने भएपछि आइतवार बिदाईको नाममा मधेसी मोर्चा कार्यकर्ता सडकमा उत्रिए । तर त्यही स्थानमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सोमबार कार्यक्रम हुँदैछ ।

एमालेले हरिनगरामै क्षेत्रीयस्तरको आमसभाको तयारी थालेको छ । २२ गते राजधानीमा शक्ति प्रदर्शन गरेपछि एमालेले मधेसमा आफूलाई होम्ने घोषणा गरेको थियो ।

हरिनगरामा हुने आमसभालाई वरिष्ठ नेता नेपालसहितले सम्बोधन गर्ने तयारी भएको छ । मोर्चाका कार्यकर्ताले सोमवार हुने एमालेको आमसभा बिथोल्ने धम्की दिएका छन् । कारोबार दैनिकमा खबर छ ।