काठमाडौं, २५ पुस । एक दिन अघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसदमा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ ।
आइतबार अपरान्ह सभामुखको पहलमा बसेको प्रमुख पाँच दलको शीर्ष नेताहरूको बैठकमा पनि एमालेले आफ्नो अडान कायमै राख्यो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
केही समयपछि केपी ओली र प्रचण्ड बैठकस्थलबाट जुरूक्क उठेर एक घन्टाभन्दा बढी गोप्य मन्त्रणामा ब्यस्त भए ।
गोप्य मन्त्रणापछि सरकारले संशोधन प्रस्ताव टेबुल गर्ने र प्रमुख प्रतिपक्षी एमालेसहित ९ दलले सांकेतिक विरोध गर्ने सहमति भयो ।
बैठकस्थलमा उहीहरूको पतिक्षाका लागि अन्य दलका शीर्ष नेता बसिरहेका थिए ।
गोप्य मन्त्रणापछि बाहिर आएर प्रधानमन्त्रीले ओलीको उपस्थितिमै सभामुख घर्तीलाई प्रमुख प्रतिपक्षी दलको असहमति रहे पनि संसद सञ्चालन गर्नुहोस् भन्ने निर्देशनको सांकेतिक आग्रह पछि उनीहरू मिलेको अड्कलबाजी गरिन्छ ।



