सुनसरी, २५ पुस । संविधान संशोधनको दोस्रो विधेयक संसदमा सत्तापक्षले बलजफ्ती प्रवेश गराएकै दिन सुनसरी जिल्लामा एमालेविरुद्ध ठूलो प्रदर्शन भएको छ ।

कालो झण्ड, ब्यानर र लाठीसहित निस्कएको एक ‘झुण्ड’ले एमालेविरुद्ध आइतबार नारावाजी गर्नुका साथै आपत्तिजनक अभिव्यक्ति दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । नारावाजीपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरूले एमाले र एमालेका नेताहरूको कडा विरोध गरेका थिए ।

सुनसरीको हरिनगरामा मधेसबाट एमाले भगाउने भन्दै प्रदर्शन गरिएको थियो । हरिनगरलाई एमालेमुक्त क्षेत्र घोषणा भन्दै बाजागाजासहित स्थानीय केही मधेसी नेताहरू सडकमा निस्किएका थिए । उनीहरूले एमालेको पुत्ला पनि जाएका छन् ।

‘एमालेलाई मधेस नचाहिने भए मधेसीलाई पनि एमाले नचाहिने’ भन्ने नारा र ब्यानर समेत देखिएको थियो ।

एमालेको विरोधमा कसले कार्यक्रम गरेको हो सो बारेमा भने केही बताइएको छैन । तर सहभागीहरूले मधेसी मोर्चाको समर्थनमा नारावाजी पनि गरेका थिए ।

तराई र पहाडी जिल्ला छुट्याउने गरेर सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएपछि एमालेले राष्ट्रघाती भनेर सडक र सदन आन्दोलन चलाइरहेका बेला एमालेविरुद्ध सुनसरीमा प्रदर्शन भएको हो । एमालेका नेताहरूले यस्ता खालका क्रियाकलापलाई अराजनीतिको संज्ञा दिएका छन् । (तस्बिर सौजन्य टूडे खबर)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah