केदार बाबु पौडेल / डाक्टर गोविन्द केसी १९ दिनदेखि अनसनरत छन। उनले उठाएका मुद्दामा ऐक्यबद्धता जनाउँदै विगत आठदिन देखि दमकका स्वतन्त्र युवाहरूले दमकमा प्रदर्शन गर्दै आएका छन।

सोही प्रदर्शन को निरन्तरता स्वरुप आज र्‍याली सहित प्रदर्शन गरिएको छ। गोर्खा डिपार्टमेन्ट अगाडि बाट शुरु भएको र्‍याली जेसिज चोक हुँदै ईलाका प्रहरी कार्यालय छेउबाट गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तिनसय जना भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजन दमकका युवा नेतृत्व, उद्यमी तथा समाजसेवी सुवास सुवेदीले गरेका थिए भने डाक्टर सुर्यनारायण शाह र दमकका युवा नेतृत्व एवं सामाजिक ब्यक्तित्व रोशन बिष्टले डाक्टर केसिका मुद्दा कुनै दल बिशेष को नभई समग्र नेपाली हरुको निम्ति भएकाले विधिको शासन स्थापनार्थ सम्पुर्ण नागरिक एक हुनुपर्ने बताए।

युवा अभियन्ता पदम भण्डारी ले डाक्टर केसिको माग सम्बोधन नभएसम्म हरेक दिन साझ ५:३० बजे यसरी नै आन्दोलन निरन्तर चल्ने जानकारी दिएका छन साथै सम्पुर्ण न्याप्रेमी जनता लाई यस आन्दोलनमा सहभागी हुन आग्रह समेत गरेका छन।

https://youtu.be/FTvmdGFI5zE