सूचना प्रविधि कम्पनी गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो ।

इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि यति ठूलो रकम जरिवाना गरेको हो । आफ्नो यस्तो नाफाखोरी व्यवसायिक गतिविधि परिवर्तन गर्न वा आफ्नो दैनिक विश्वव्यापी आयको ५ प्रतिशत थप जरिवानाको सामना गर्न युरोपेली आयोगले गुगलको मातृ कम्पनी अल्फाबेटलाई ९० दिनको समयसीमा दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उता गुगलले भने आयोगको उक्त निर्णयको पुनरावेदन गर्ने जनाएको छ ।

युरोपेली आयोगको आदेश लगत्तै गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले एक ब्लग लेखेका छन् । जसमा उनले भनेका छन्, ‘तिव्र गतिको आविष्कार, विस्तृत छनोट र घट्दो मूल्य नै प्रतिस्पर्धाका विशिष्ट मानक हुन् र एन्ड्रोइडकै कारण यी सबै सम्भव भएको छ । आजको आदेशले एन्ड्रोइड सपोर्ट गर्ने बिजनेस मोडेल अस्विकार गरेको छ जसले धेरै विकल्प प्रदान गरेको थियो ।’

यसअघि आयोगले गुगलमाथि तुलनात्मक सपिङ सर्भिस सम्बन्धी एक छुट्टै मुद्दामा २ अर्ब ४० करोड युरो जरिवाना गरेको थियो ।