अहिलेको पुस्ता डिजिटल युगमा प्रवेश गरिसकेका छन् । यहाँ जति वास्तविक जीवन बाँचरिहेका छन्, उत्तिनै भर्चुअल जीवन पनि । त्यसो त हामी देख्न सक्छौं, अहिलेका पुस्ता हरक्षण इन्टरनेट, स्मार्टफोन, ल्यापटपमा लिप्त हुन्छन् । आखिर त्यसमा उनीहरु के गर्छन् ? सामाजिक सञ्जाल प्रयोग गर्छन् ? भिडियो हेर्छन् ? उपयोगी कुरा खोज्छन् ? साथी बनाउँछन् ?

अक्सर अभिभावकले निगरानी गर्दैनन् । तर, जब परिस्थिती जटिल मोडमा पुग्छ, तब मात्र आफ्ना छोराछोरी इन्टरनेटमा के गर्दै थिए भन्ने सकेत पाउँछन् । जबकी यतिबेला ढिलो भइसकेको हुन्छ । नेपालकै परिवेशमा पनि कतिपय युवायुवतीहरु प्रेमको जालो बुन्ने र त्यसमा फस्ने, फसाउने गरेका छन् । त्यहाँ फसिसकेपछिको अवस्थामा उनीहरु सामान्य जीवनमा र्फकन सक्दैनन् । उनीहरु मानसिक रुपले विचलित हुन्छन् । कोही चिन्ताग्रस्त हुन्छन् । कतिले त आत्महत्याको बाटो रोज्छन् ।

अहिलेका पुस्ता फेसबुक जस्ता सामाजिक सञ्जाल एवं विभिन्न किसिमको साइटमा उपयोगी काम मात्र गरिरहेका हुँदैनन्, नयाँ साथी खोज्ने, भावनात्मक रुपले नजिकिने, व्यक्तिगत कुराकानी आदनप्रदान गर्ने लगायत निकै जोखिमपूर्ण काम पनि गरिरहेका हुन्छन् ।

जबकी ति दुई भौतिक रुपमा कहिल्यै देखभेट गरेकै हुँदैनन् । उनीहरु भर्चुअल माध्याममा जोडिएका हुन्छन् । त्यही माध्यामबाट एकअर्काको विश्वास जित्ने प्रयास गर्छन् । त्यहाँसम्म त ठिकै छ । तर, उनीहरु त्यसभन्दा एक कदम अघि बढेर निजी कुरा साझेदार गर्न थाल्छन् । अन्ततः त्यही कुरा पछि गलपासो बन्न सक्छ ।

केही बर्षअघि एक नेपाली युवाले छद्म नाममा फेसबुक एकाउन्ट बनाएर, त्यसमा आफ्नो नक्कली गेटअप पेश गरेर युवतीहरुलाई फसाउने, शारीरिक शोषण गर्ने, आर्थिक लाभ लिने गरेको घटना सार्वजनिक भएको थियो । उक्त युवा पक्राउ परेपछि उनले त्यस्ता माध्याम अपनाएर कति युवतीलाई आफ्नो मोहजालमा फसाइरहेका छन् भन्ने कुराको खुलासा भएको थियो ।

त्यस्तै एक युवतीले आफु डाक्टर वा उच्च प्रहरी अधिकारीकी छोरी भएको नक्कली आवरण पेश गरी दुनियालाई ठग्दै हिँडेकी थिइन् । उनी पनि पक्राउ परिन् ।

यस्ता एकाध घटना त बाहिर आउँछ । तर, धेरैजसो घटना भित्रभित्रै गुम्सिएर रहेको हुन्छ । जब अपि्रय घटना बाहिर आउँछ, तब मात्र त्यसको मूल कारण खुल्छ ।

अहिले फेसबुक लगायत केही डेटिङ साइट छन्, जहाँ युवायुवतीहरु झ्याम्मिएका हुन्छन् । भर्चुअल माध्यामबाट उनीहरु कसैसँग प्रेम गर्छन् र आफ्नो सबै गोपनियता चुहाइदिन्छन् । त्यसैलाई आधार बनाएर नियतवस् ढंगले कतिले फाइदा लिने गर्छन् ।

अहिले डेटिङका लागि पार्कहरु त्यती उपलब्ध छैन । डेटिङ स्पटको अभावले पनि उनीहरुलाई भर्चुअल डेटिङमै रमाउनुपर्ने अवस्था बनाइदिएको छ । तर, भर्चुअल डेटिङ कति असावधानी र खतरानक हुन्छ भन्ने कुराको अहिलेका तन्नेरीले हेक्का गरेकै हुँदैनन् ।

एक अन्तर्राष्ट्रिय डेटिङ एप्लिकेसन् हिंजका अनुसार, डेटिङको दुनिया दिनप्रतिदिन क्रुर हुँदै गइरहेको छ ।

के हो किटेनफिशिङ ?

किटेनफिशिङ अनलाइन डेटिङको दुनियामा अपनाइने यस्तो हथकन्डा हो, एक व्यक्ति स्वय्मलाई त्यसरी पेश गरिरहेका हुन्छ, जो वास्तविकतामा हुँदैन । यस्तो किटेनफिशर्स पुरानो र भ्रमक फोटोको माध्यामबाट स्वय्मलाई अवास्तविक रुपले पेश गरी अर्कालाई लोभ्याउने वा आफुप्रति आकषिर्त गर्ने प्रयास गरिन्छ । आफ्नो गलत जानकारी दिएर अरुलाई फसाउने शैली हो यो ।

मानसिक रुपले हानिकारक

जसलाई किटेनफिशिङको शिकार बनाइन्छ, उनीहरुलाई थाहा हुँदैन कि आफुमाथि भावनात्मक सौदावाजी भइरहेको छ । उनीहरु वास्तविक सोच्छन् । दिनदिनै त्यसमै डुब्छन् । उनीहरु आफ्नो सम्पर्कमा रहेका व्यक्तिका हरेक कुरा विश्वास गर्न थाल्छन् । यसरी विस्तारै-विस्तारै उनीहरु बहकिन थाल्छन् । खासगरी किशोरावस्थामा यस किसिमको भावनात्मक कमजोरी रहन्छ ।

जब उनीहरु आफ्नो सम्पर्कमा आएका पार्टनरसँग सबै कुरा साझेदार गर्छन्, हरक्षण कुराकानी गर्छन्, तब त्यस्तो क्षणबाट उनीहरु बाहिर आउन सक्दैनन् । सामान्य लयमा र्फकनका लागि उनीहरुलाई गाह्रो हुन्छ । ठीक यही मोडमा आएपछि उनीहरु चिन्ताग्रस्त हुन्छन् र गलत निर्णय पनि लिन सक्छन् ।

मनोविज्ञहरु यस्ता कृत्यप्रति सर्तक गराउँदै भन्छन्, ‘यसले भावनात्मक असुरक्षा महसुष हुन्छ । जो पीडक हुन्छन्, उनीहरु जे गर्छन् त्यो सबै नियतवस्, नियोजित ढंगले गरिरहेका हुन्छन् । उनलाई विश्वास गर्नेहरु अवोध हुन्छन् ।’ जो झुटो रुपमा आफुलाई पेश गरेर अरुलाई फसाउने चेष्टा राख्छन्, त्यसलाई एन्टिशोसल मल्टीपर्सनालिटी डिसअर्डर भनिन्छ । उनीहरु एकदमै शार्प माइन्डको हुन्छ । उनीहरु अर्काको भावनामाथि खेलबाड गरेर त्यसबाट फाइदा उठाउन माहिर हुन्छन् ।

किन फस्छन् युवायुवती ?

मनोविज्ञहरुका अनुसार, अनलाइन डेटिङको जालमा धेरैजसो त्यही व्यक्ति फस्न पुग्छन्, जो डिजिटल वल्र्डमा भर्खरै प्रवेश गरेका हुन्छन् । जो बाहिरी दुनियासँग कम लगाव राख्छन् । जो एक्लोपनबाट छुटकारा पाउन खोजिरहेका हुन्छन् । जो इमोशनल हुन्छन् । यस्ता प्रवृत्तिका युवायुवती चाडै फस्न सक्छन् ।

कसरी पहिचान गर्ने किनेटफिशर्सको ?

हाम्रो आसपासमा यस्ता मानसिकताका केही मानिसहरु भेटिन्छन्, जो आफ्नो सकारात्मक गुणलाई बढाइ-चढाई अरुलाई प्रभावित गर्छन् । यस्ता व्यक्ति सजिलै पहिचान गर्न सकिन्छ ।

– संभव भएसम्म त अपरिचितसँग सम्बन्ध बनाउन नै हुँदैन । यदि सम्बन्ध बनाउने नै हो भने उसको प्रोफाइल हेर्नुपर्छ । तस्विरहरु वास्तविक हुन् वा झुटो ? नियाल्नुपर्छ । फोटोसप वा अन्य एप्लिकेसनको प्रयोगबाट नक्कली फोटो पो राखिरहेको छ कि ?

– कुराकानी गर्दा आफ्नो सबै निजी कुरा खुलाउनु हुँदैन । आफु कहाँ छु, के गर्छु, को हुँ भन्ने कुरा त्यसबेलासम्म खुलाउनु हुँदैन, जब आफ्नो सम्पर्कमा आएका साथी वास्तविक र इमान्दार हो भन्ने पक्का हुँदैन ।

– अनलाइनमै देखाइने कतिपय प्रलोभनमा विश्वास गर्नु हुँदैन । गिफ्ट आदनप्रदान गर्ने, घुम्ने, डेटिङ जाने कुरालाई सकेसम्म अस्विकार गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah