डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले डा. गोविन्द केसीको माग पूरा गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ, श्री ३ जस्तो छ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरु छाता ओढेर माइतीघरदेखि वानेश्वरतर्फ जुलुस लिएर अघि बढेका छन् । डा. केसीका समर्थकले यसलाई छाता आन्दोलन नाम दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीको गोली लागेर प्रहरी नै घाइते

डा. गोविन्द केसीको अनसन स्थल बाहिर भएको झडपमा प्रहरीको गोली लागेर अर्का प्रहरी घाइते बनेका छन्। डा. केसीलाई काठमाडौँ ल्याउन सररको टोली जुम्ला पुगेपछि स्थानीयले गरेको प्रदर्शनका क्रममा भएको झडपमा जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी जवान कमल उपाध्याय घाइते बनेका हुन्। उनको छातीमा गोली लागेको बताइएको छ।

प्रहरीले अन्धधुन्ध लाठी चार्ज गर्दा र गोली चलाउँदा प्रहरीलाई नै लाग्न पुगेको प्रत्यक्षखर्शीले बताएका छन्। प्रहरीकै गोली लागेर घाइते बनेका उपाध्यायको अहिले जुम्लामा नै उपचार भैरहेको बताइएको छ। टिभी अन्नपूर्ण बाट