दमक/सामाजिक सञ्जाल फेसबुकमा नगरपालिकाले जनताको ढाड सेक्ने गरी अचाक्ली रुपमा कर बढाएको भन्दै जनप्रतिनिधिहरुलाइ गालीगलौज गर्न थालेपछि दमक नगर प्रमुख रोमनाथ ओलीले नबुझि त्यस्तो नलेख्न आग्रह गरेकाछन् ।
फेसबुकमा पत्रपत्रिकामा प्रकाशित भएको भन्दै दमकको कर भनेर पोष्ट गरिएको प्रति उनले आपत्ती जनाएकाछन् । उनले यस्तो नगर्न सचेत समेत गराएकाछन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्
केहि मानिसले नगरपालिकालाइ बदना गराउन नगरपालिकाले लगाउने कर भन्दै मनपरि दर रेट सामानजिक सन्जालमा लेखेकाे थाहा पाइयाे।याे कुरले नपालाइ हाेनेइन लेखने व्यत्तिलाइ नै बदनाम गराछ । किनकि सामाजिक सन्जा समवन्धीत संस्थाकाे छ भने मात्र अाधिकारिक हुन्छ।नगर प्रमुखकाे हैसियतले भन्छु
झुटकाे खेती नर्नु हाेला । साइवर अपराध लाग्न सक्छ थाहा हाेलानी। नगरपालिकाकाे अाधिकारिक सुचना राज पत्र प्रकाशन गर पछि मात्र अाधिकारिक हुन्छ।











