दमक/ झापाको मुख्य गणतन्त्र चोकसंग जोडिएको बेलडाँगी रोड भत्केको बर्षौपछि बन्न त शुरु गर्यो तर निर्माण ब्यवसायीको चरम लापरवाही कारण अहिले ब्यपारी, उपभोक्तादेखि लिएर यहाँ हिड्ने हजारौले सास्ति खेप्नु परेको छ ।

स्थानीय कबिन श्रेष्ठका अनुसार धुलोले खपिनसक्नु भएको छ । मान्छे नै बिरुप भएर पसल बस्नु पर्ने अवस्था रहेको र ग्राहकको पनि त्यहि अवस्था भएपछि ब्यापार चौपट भएको उनले गुनासो गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पानी छिट्दामात्र पनि धेरै राहत हुने भएपनि यो सुनुवाइ नभएको उनको भनाइ रहेको छ । आसपासका दर्जनौ ब्यापारीहरुको उस्तै अवस्था रहेको र धुलोले बिरामी पर्ने भय रहेको उनले बताए ।

वल्र्ड लिंक दमकका प्रमुख राजन तिम्सिनाले कार्यालय आउनजान नै समस्या भएको बताए । उनले कार्यालय आउन र बस्न नै ठुलो सास्ति भइरहेको दुखेसो गरे ।