दमक/गयराती झापाको दमकस्थित होटल वण्डलल्याण्डमा तनाव उत्पन्न भएको छ । राती करिब १० बजे ७ जना ग्राहकमाथि होटल सञ्चालक तथा कर्मचारीहरु मिलेर निर्घात रुपमा ज्यान मार्ने किसिमले आक्रमण भएको भन्दै पीडितहरुले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएकाछन् ।
https://www.youtube.com/watch?v=mwLOVK6BcUIसञ्चालक बिदुर लामाको निर्देशनमा गेटमा ताला लगाइ कहि कतै निस्कन नदिइ खेदाइखेदाइ फलामको भाला, रड, खुकुरी, खाली पोतलको बियर लगायतले आक्रमण गरेर भन्दै जाहेरी परेको छ ।
ग्राहक बनेर पुगेका पुष्कर पाण्डे र प्रदिप गौतमकको ३ ठाँउ हात भाँच्चिएको, सुमन श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको, नवराज घिमिरेको शरिरभरी हतियार प्रयोग भएको बताइन्छ ।
गम्भिर घाइतेहरुलाइ राती स्थानीय र प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको बताईएको छ । घाइतेहरुको दमकस्थित लाइफलाइन अस्पताल र बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।
https://www.youtube.com/watch?v=mwLOVK6BcUI









