दमक/झापाको दमकस्थित होटल वन्डरल्याडमा गयराती झगडा भएको छ । त्यहा राती १० बजे झगडा हुँदा दमकका ६ जना युवाहरु गम्भिर घाइते बनेको बताईएको छ । होटलका सञ्चालक र यहाँ कार्यरत कर्मचारीहरुलाइ प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको बताईएको छ । कुटपीटबाट गम्भिर घाइते भएकाहरुले ज्यानमार्ने उद्योग अन्र्तगत इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेकाछन् । घटनालाइ मिलाउनका लागि कसरत भएपनि पीडितहरुले इन्कार गरेकाछन् ।
https://www.youtube.com/watch?v=mwLOVK6BcUIपौडी खेल्ने बिषयको बिबादमा होटलमा झगडा भएको बताईएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएकाछन् । उनले दोषीमाथि कार्वाही हुने जनाए ।
https://www.youtube.com/watch?v=mwLOVK6BcUI











