काठमाडौं, ४ असोज । गुन्डा र प्रहरीबीचको कनेक्सन कति बलियो हुँदो रहेछ भन्ने कुरा हालैको एउटा घटनाले देखाएको छ ।

गुन्डागर्दीकै भरमा ठेक्कापट्टा गर्दै आएका एक गुन्डाले एउटै ठेक्काबाट प्रहरीलाई ७० लाख रुपैयाँ बुझाएको दृष्टि साप्ताहिकमा खबर छ ।

डन दीपक मनाङ्गेको दाहिने हातका रुपमा चिनिने उमेश लामा यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंको खोरमा छन् । उनीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरी भवन निर्माणको ठेक्का मिलाएपछि उनले प्रहरीलाई मात्र ७० लाख रुपैयाँ बाँडेको खुलेको हो ।

लामाले ८ वटा प्रहरी कार्यालय भवन निर्माणको ठेक्का पाएका छन् । जसमध्ये एक चितवनको जुनियर प्रहरी एकेडेमी पनि हो । जुन सात करोड रुपैयाँको ठेक्का हो ।

मिलेमतोको आधारमा अधिकतम दररेटमा उनले ठेक्का हात पारेका थिए । जसवापत करिव एक करोड रुपैयाँ अन्य ठेकदारहरुलाई बाँडेका थिए भने १० प्रतिशत प्रहरीलाई छुट्याएका थिए ।

१० प्रतिशतमा सात प्रतिशत प्रहरी प्रधान कार्यालयको प्राविधिक निर्देशनालयलाई र प्रहरी एकेडेमीका डिआइजी रणबहादुर चन्दलाई तीन प्रतिशत रकम छुट्याएका थिए ।

प्राविधिक निर्देशनालयका एसपी लोकेशचन्द्र सिंहको सेटिङमा लामाले उक्त ठेक्का पाएका हुन् । त्यसकाराण् सिंहलाई करिब ५५ लाख रुपैयाँ कमिसन दिएको खुलेको छ ।

त्यस्तै एकेडेमीका प्रमुख डिआइजी चन्दलाई करिब १५ लाख चुटयइएको छ । उनै डिआईजी चन्दको आडमा पछिल्लो समय उनले गुन्डागर्दी गर्दै आएका थिए ।

त्यस्तै लामालाई डिएसपी रामकुमार चौधरीले समेत साथ दिँदै आएका छनु । चौधरी लामाको पार्टनरकै रुपमा काम गर्दै आएको स्रोत बताउँछ । उनै प्रहरीहरुको आडमा उनले पछिल्लो समय विभिन्न व्यक्तिलाई थर्काउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय