दमक/झापाको दमक वडा नं. ३ मा लायन्स क्लव अफ दमक इस्टर्न लाइन र वडा कार्यालयले सोमबार स्थानीयलाइ साइरन उपलब्ध गराएको छ ।

बाढीबाट जोखिममा रहेका र बर्षौदेखि हात्तीबाट पीडित रहदै आएका स्थानीयहरुलाइ आपतको समयमा स्थानीयलाइ जानकारी दिने माध्यमको रुपमा साइरन प्रयोग गर्न सकिने भन्दै उपलब्ध गराएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रातको समयमा चोरी डकैत भएको अवस्थामा समेत सबैलाइ सचेत गराउन यो सहयोगि बन्न सक्ने लायन्स क्लव अफ दमक इस्र्टन लाइनका अध्यक्ष बिमल शर्माले बताए ।

नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, रेडक्रस दमकका अध्यक्ष प्रकाश बुढाथोकी, पुर्व अध्यक्ष लिला गुरागाइ, लायन्स लिडरहरु प्रहर क्षेत्री, रुद्र गौतम लगायको उपस्थितिमा साइरन प्रदान गरिएको थियो ।

नगरप्रमुख ओलीले काम साने भएपनि यसले ठुलो महत्व बोकेको भन्दै यो कार्यको प्रशंशा गरे । उनले यस प्रकारका काममा सामाजिक संघसंस्थाहरुलाइ थप अग्रसर हुन पनि आग्रह गरे ।

वडाध्यक्ष नबिन बरालले यो बाढी र हात्तीबाट जोखिमयुक्त क्षेत्र रहेको बताउदै यो सानो भएपनि मानवीयताको हिसावले ठुलो काम भएको बताए । उनले यो साइरन बज्दा कुनै आपत सिर्जना भएको स्थानीयले बुझन पाउनेछन् ।