काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीको अनसन गैरकानूनी भएको वताएका छन् । अनसन मानवअधिकारभित्र नपर्ने भन्दै उनले गैरकानुनी भएको बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसमा आयोजित सभामा बौल्दे उनल डा केसी मानव अधिकार विरोधी भएर प्रस्तुत भएको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मानव अधिकारका नाममा उत्रेका मानवअधिकार विरोधी हुन् । अनसन बसेर आफैलाई पनि दुख पाइन्न,’ उनले भने । जुम्ला गएर अनशन वस्न डा केसीलाई कसले लग्यो भन्दै उनले प्रश्न समेत गरे। डा केसीलाई उनले आफैं चिकित्सा शिक्षा आयोगकाे अध्यक्ष बन्न समेत प्रस्ताव गरे।

स्वास्थ्य विग्रीएकोले डा केसीलाई राजधानी ल्याउने प्रयासलाई रोक्ने काम भएकोमा उनले असन्तुष्टि थियो। । ‘गैरकानुनी त्यान्द्रा समातेर कांग्रेसले यस्तो गर्न मिल्छ?’ कांग्रेसप्रति उनको आक्रोश थियो।

कार्यक्रममा उनले पूर्व प्रधानन्यायधीश शुसिला कार्कीले दिएको मन्तव्यको समेत विरोध गरेका छन्।

उनले भने ‘केहि वुद्धिजिवी देखेर भन्न मन लाग्छ ,कठै बरि तिनीहरुको वाध्यता के हो? सधै अर्गेलो कुरा गर्ने? निषेधाज्ञाको विरोध गर्ने प्रति उनले भने ‘वसन्तपुर ,रत्नपार्क ,न्युरोडमा प्रर्दशन गर्न विगतमा कांग्रेस रोकेको होइन?’

कार्यक्रममा प्रधानमन्त्री ओली तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डले २४ दिनदेखि अनसनरत डा केसीको मागप्रति गम्भीरता देखाएनन्। दुवैले डा केसीको आलोचना गरे। नेपाल लाइभ बाट