प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेको मार्सी चामलको भातबारे प्रतिक्रिया दिएका छन्।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालले दुर्गा प्रसाईंको घरमा गएर मार्सी चामलको भात खाएको तर त्यसको स्वाद मिठो नहुने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मैले जिन्दगीभर आडम्बरी कुरा गरेको छैन, दुर्गा प्रसाईंको घरमा गएर प्रचण्डजी र मैले भात खाएका हौं। भात खानु गलत हो भने गलत हो तर त्यसको फोटो खिचेर फेसबुकमा राख्नु गलत होइन,’ प्रधानमन्त्री ओलीले भने,‘मार्सी चामल भन्या पनि के नै हो र त्यसको भात पनि मिठो हुँदैन। इन्डिया गेट र लालकिलाका चामलको भात खानेले अहिले यसलाई मुद्दा बनाएका छन्।’

प्रधानमन्त्री ओलीले विपक्षीसँग अरू केही मुद्दा नभएकाले मार्सी चामलको विज्ञापनमा हिँडेको बताए।

पार्टी एकताको अन्तिम चरणको वार्ता झापाका मेडिकल व्यवसायी प्रसाईंको भक्तपुरस्थित घरमा भएको थियो। सोही दिन दाहाल र ओलीले मार्सी चामलको भात खाइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सेतो पाटि बाट