चितवन, २६ पुस । पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन चौतर्फी दबाब परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख खोलेका छन् ।

प्रधानमन्त्री दाहालले पुस २७ भोलि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन आफू सकारात्मक रहेको तर, त्यसका लागि सबैको सहमति खोज्न प्रयास गरिरहेको प्रतिक्रिया दिएका हुन् ।

गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले पृथ्वी जयन्तीमा विदा दिनेबारे दुईपटक मन्त्रिपरिषदमा पनि कुरा भएको र सबैसँग छलफल गरी सर्वमान्य बनाई विदा घोषणा गरिने जानकारी दिए । यसमा एक्लै निर्णय गर्न नमिल्ने प्रधानमन्त्रीको भनाई छ ।

‘नेपाल एकीकरणको श्रेय शाहलाई नै जान्छ’

प्रधानमन्त्री दाहालले नेपाल एकीकरणको श्रेय पृथ्वीनारायण शाहलाई नै जाने र शाहको भूमिकालाई आफूले सकारात्मक रुपमा लिएको बताए ।

‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ,’ प्रधानमन्त्रीले अगाडि भने- ‘पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’

दैनिक नेपाल बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah