दमक/झापाको गौरीगँजमा एक भारतिय युवाले १० बर्षिय बालकलाइ बन्धक बनाएर हत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले साहसिक काम गर्दै हत्या हुनबाट जोगाएको छ ।
भारत डिघलबैँक घर भएका का २५ बर्षिय ओम प्रकास सिँहले गौरीगँजका स्थानिय सोमी ताजपुरियाका १३ बर्षिय छोरा सुजन ताजपुरियाको अपहरण शैलीमा हत्याको प्रयास गरेको पाईएको हो ।
आज अपरान्ह भएको घटना विवरण अनुसार सोमी ताजपुरियाकै घरमा कोहि नभएको मौका पारि बालकलाई बन्धक बनाई हत्याको प्रयास भएको हो ।
प्रहरीले बालक बन्धक बनाएको थाहा पाएपछि तत्काल पुगेर ढोका फोरेर बालकलाइ बचाएको जनाईएको छ । सिंहले बच्चाको घाँटि धारिलो हतियार राखेको र त्यसले घाँटी र हातको औलामा चोट पुगेको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ । उनको दमकमा उपचार भइरहेको र स्वास्थ्य अवस्था डराउनु पर्ने नरेको जनाईएको छ ।
प्रहरीले पेस्तोल समेत तेस्र्याएर सावधानि पुर्वक चक्कु खोस्ने क्रममा शशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक शशिराम भारतीको हातमा समेत चोट लागेको बताईएको छ ।
यसैगरी उद्धारको क्रममा इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी हवल्दार महेन्द्र प्रसाद यादव पनि घाइते भएको बताईएको छ । सिंह पक्राउ परेकाछन् ।










