दमक/अझै पनि मानवता मरेको छैन भन्ने बुधबार दमकमा एउटा उदाहरण देखिएको छ । बाबुको मृत्यु भएका र आमाले समेत बेवास्था गरेपछि सडकमा दिनचार्य बितादै आएका बालककलाइ लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक 325 A1  का जोन चियर पर्सन रुद्र गौतम सहितको सहभागितामा लायन्स क्लव अफ दमक इस्टर्न लायनका अध्यक्ष एवं दमकका चितपरिचित युवा संगम स्विट्सका प्रोपाइटर बिमल शर्माले उद्धार गरेकाछन् ।

सडकमा रहदै आएका उनलाइ बुधबार दमकको फाल्गुनन्द चोकबाट उद्धार गरेर अहिले उनले आफुसंगै राखेकाछन् । परिवार खोज्ने र नभेटिए उचित रुपमा ब्यवस्थापन गरिने उनले बताए । शर्माले लत्ताकपडाको समेत तत्कालै ब्यवस्था गरिदिएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/dpc3yLRAsDQ

सञ्चारकर्मीहरुको जानकारीपछि लायन्स लिडर रुद्र गौतम सहित गएर उनलाइ उद्धार गरिएको शर्माले बताए । लायन्स लिडर गौतमले लायन्सको काम नै मानवीय सेवा भएको बताउदै भोको अवस्थामा बेसहारा बनेर बसेका बालकको उद्धार गरिएको जनाए । यसरी भएको थियो उद्धार हेर्नुहोस भिडियो

https://youtu.be/dpc3yLRAsDQ