सरकार र डाक्टर गोबिन्द केसीबीच सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदवारमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसहित सरकार र डाक्टर केसीको बार्ता टोलीबीचको बार्ता केही समय अघि सहमतिमा टुंगिएको हो ।
बार्तामा संबिधानको सर्वाेच्चता र संसदको सर्वाेच्चतालाई कायम गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको बिषयमा माग भन्दा अगाडि बढेर सहमति भएको हो । सिंहदरवारको बार्ता सहमतिमा पुगेलगत्तै नेता नेम्वाङ बालुवाटार हिडनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बार्तामा सहभागी हुनुभएका नेता नेम्वाङले सहमतिबारे प्रधानमन्त्रीसहित केदारभक्त माथोमा र सिनियर डाक्टरहरुलाई जानकारी गराएपछि अनसन तोडाउन त्रिबि शिक्षण अस्पताल पुगिने छ । प्रधानमन्त्री निवास बालुवाटारमा माथेमासहितका सिनियर चिकित्सक रहेका छन ।
‘बार्ता सहमतिमा सकिएको छ, सहमतिसहित ब्रिफिङका लागि पूर्वसभामुख सुवास नेम्वाङ बालुवाटार जानुभएको छ, त्यहाँ प्रधानमन्त्री, केदारभक्त माथेमासहित सिनियर डाक्टरहरुलाई जानकारी गराउने र टिचिङ अस्पताल पुग्ने कार्यसूची छ,’ नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले भन्नुभयो ।
डाक्टर केसीको नाममा गणतन्त्रबिरुद्ध नारा घन्काउन थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट आधिकारिक प्रतिनिधि नेम्वाङ तोक्नुभएको थियो । प्रधानमन्त्री ओली आफैले हिजोबाट सहमतिका लागि पहलकदमी लिनुभएपछि आज बार्ता सहमतिमा पुगेको हो ।
यो बार्ता सहमतिमा पुगेसँगै केसीको अनसन देखाएर अस्पताल अस्तब्यस्त बनाउने, गणतन्त्रबिरुद्ध बितण्डा मच्चाउने र माफियाकरणको पैसामा समृद्ध नेपालको सपना तुहाउने नेपाली कांग्रेस, बिवेकशिल साझा र पूर्व दरवारिया एजेण्टको सपना तुहिएको छ ।










