काठमाडौं – यो शताब्दीकै सबभन्दा लामो चन्द्रग्रहण शुक्रवार मध्यरातबाट लाग्दैछ ।

ग्रहण १२ बजेर ११ मिनेटमा शुरू भएर ४ बजेर ४ मिनेटमा मोक्षकाल अर्थात् अन्त्य हुनेछ ।

महर्षि वेदव्यासको जन्म भएको गुरुपूर्णिमाको रात चन्द्रग्रहण लागेकाले यसको विशेष महत्त्व छ । ग्रहणपछि नै श्रावण महिना शुरू हुन्छ अर्थात् श्रावण कृष्ण प्रतिपदा लाग्छ ।

श्रावण मासको पहिलो स्नान ग्रहण मोक्षमा हुनु अत्यन्तै शुभ हो । ग्रहण परेकाले दिउँसो ३ बजेअगावै गुरुपूर्णिमाको पूजा सम्पन्न गर्नुपर्छ ।

चन्द्रग्रहण नांगो आँखाले हेर्न सकिन्छ ।

ज्योतिषीहरूका अनुसार, यो चन्द्रग्रहण मकर राशिमा भइरहेको छ । त्यसैले मकर राशि भएकालाई यसले सबभन्दा बढी प्रभावित पार्छ । चन्द्रग्रहण मकर राशिलाई अशुभ छ ।

मकरबाहेक मेष, वृष र कुम्भ राशिलाई पनि ग्रहणफल राम्रो छैन ।

अनि मिथुन, तुला, वृश्चिक र मीन राशिका लागि ग्रहण शुभ फलदायी छ ।

चन्द्रग्रहणको बेलामा गर्भवती महिलाहरू घरबाहिर निस्कनुहुँदैन ।

सियो वा तीखो चीज चलाउनुहुँदैन ।

चन्द्रग्रहणका बेलामा केही पनि खानुहुँदैन । खान मन भए ग्रहण लाग्नुअघि वा सकिएपछि खानुपर्छ ।

चन्द्रग्रहण लाग्नुभन्दा नौ घन्टाअघि सुतक लाग्छ । त्यसैले दिउँसो ३ बजेअगावै खाना खाइसकेको ठीक हुन्छ ।

ग्रहणका बेलामा मलमूत्र त्याग गर्नुहुँदैन । यौनकर्म पनि वर्जित छ ।

चन्द्रग्रहणका बेलामा मनमनै भगवानको स्मरण गर्न सकिन्छ । पूजाआजा गर्नुहुँदैन । देवमूर्तिलाई छुनुहुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah