दमक । झापाको दमकका किसानले गरेको माटो परीक्षणमा १५५ वटा नमूनामा अम्लीयपना रहेको पाइएको छ । सेतुमारी कृषि सहकारी संस्था दमक १५ ले हिजो र आज आयोजना गरेको निशुल्क माटो परीक्षणका क्रममा विभिन्न किसानका खेतको माटोमा धेरै अम्लीयपन पाइएको हो । किसानका खेतको माटोमा अम्लीयपन धेरै देखिएकोले यस्तो माटो बढी विषाक्त हुने, माटोमा भएको खाद्यतत्व बाली विरुवाले ग्रहण गर्न नसक्ने समस्या रहेको माटो परीक्षण प्रयोगशाला सुरुङ्गाका प्रमुख हरिबहादुर भुजेलले जानकारी दिए । माटोमा रहेको अम्लीयपन घटाउन पिएचको मात्रा बढाए मात्र किसानले सोचेअनुसारको उत्पादन गर्न सक्ने माटो विज्ञ भुजेलले सुनाए । त्यसका लागि कृषि चुन र बायोडिन हाल्नु पर्ने उनको सुझाव छ । माटोमा हुनुपर्ने नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा कमी भएको माटो प्राविधिकहरुले बताएका छन् । जिल्ला विकास समिति झापा र दमक नगरपालिकाको सहयोगमा भएको माटो परीक्षणमा दमकका २०९ किसानले माटो जाँच गराएको सेतुमारी कृषि सहकारी संस्थाले जनाएको छ । एक साता भित्र किसानको माटोमा देखिएका अम्लीयपना लगायतका सबै तत्वको परीक्षण प्रतिवेदन सहकारी संस्थालाई दिने प्रयोगशालाका प्राविधिक सीता खरेलले बताइन् । धेरै फलको आशा राखेर जहिले बाली लगाउने तर परिणाम शुन्य हुने अवस्थाबाट किसानलाई मुक्ति दिन उनीहरुका खेतको माटो ल्याएर परीक्षण गरेको सेतुमारी कृषि सहकारीका व्यवस्थापक दिपक खनालले बताए ।
दमकका किसानले गरेको माटो परीक्षणमा १५५ वटा नमूनामा अम्लीयपना भेटियो
सवाल नेपालसंवाददाताबुधबार, २६ पुस २०७३

दमकका किसानले गरेको माटो परीक्षणमा १५५ वटा नमूनामा अम्लीयपना भेटियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



