दमक। झापामा फेरी आंतक शुरु भएको छ । शहरी इलामा समेत हात्तीको उपद्रो बढ्न थालेपछि स्थानीयहरु रातभर जागै बस्नु पर्ने अवस्था सिर्जना हुदै गएको समेत पाईएको छ । बिहिबार राती बिर्तामोड नगरपालिकाको वडा नं. ७ मा ४ घरमा क्षति पुर्याएको र लाखौको धनमाल नष्ट गरेको बताईएको छ ।
बिर्तामोड ७ स्थित वाह्घरेका खगेन्द्र श्रेष्ठको हात्तीले पुर्ण रुपमा भत्काइ दिएपछि अहिले यो परिवार अप्ठेरोमा परेको छ । राती आएको हात्तीले पक्की घर नै भत्काईदिएर बिजोग बनाएको छ, श्रेष्ठले भन्नुभयो । उहाँको घरको पर्खाल हात्तीले पुर्ण रुपमा भत्काएर क्षतिग्रस्ता बनाएको छ । घरमा रहेका अधिकाँश सामाग्रिहरु काम नलाग्ने गरी क्षतिग्रस्त बनेको उहाँले बताउनु भयो ।
समुहमा आएका हात्तीहरुले स्थानीय हेमवहादुर प्रधान, पुष्प तिम्सिना र टिकाराम विष्टको घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरिक्षक होमबहादुर अधिकारीका अनुसार यहाँ दिनहु जसो हात्तीको समस्या बढ्दै गएको छ । भारतबाट यो समयमा हुलका हुल हात्ती आउने भएकाले स्थानीयहरु ज्यान जोखिममा रहेको बताउदै आएकाछन् ।
बिहिबार बेलुका र शुक्रबार दिउसो समेत हात्तीको बथान यहाँ आएपछि सुरक्षित स्थानमा हात्तीलाइ खेदाउनका लागि प्रहरी परिचालित भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले बताएको छ । बिहिबार र शुक्रबार अर्जुनधारा लगायतका क्षेत्रमा समेत हात्तीहरुले आंतक मच्चाएको बताइन्छ ।
पछिल्लो समयमा झापा जिल्ला नै हात्ती आंतकको त्रासमा रहेको छ । केहि बर्ष अघिसम्म बाहुण्डाँगी, मेचीनगर र आसपासको क्षेत्रलाइ मात्र हात्ती प्रभावित क्षेत्र मानिदै आएको थियो । हात्तीको आक्रमण वाट हाल सम्ममा ३३ जनाको ज्यान गइसकेको जिल्ला वन कार्यालयको तथ्याड्कमा उल्लेख छ ।










