दमक/तत्कालीन माओबादी केन्द्रंका स्थानीय नेता पर्शुराम सञ्जेललाइ पार्टीलाइ कार्वाहीका लागि सिफारीस गरेको जनाएको छ । पार्टी हित बिपरीत काम गरेको जनाउदै वडा कमटि वडा नं. ५ ले नगर कमिटीलाइ सिफारीस गरेको नगर कमिटीले त्यसलाइ अनुमोदन गर्दै जिल्ला कमिटीमा पठाएको बताईएको छ ।

दमक बहुमुखि क्याम्पस सञ्चालक समिति उपाध्यक्ष रहेका सञ्जेलले पार्टी हित बिपरीत काम गरेको र क्याम्पससभाका सदस्य मनोनित गर्ने क्रममा पार्टीले तोके बमोजिम काम नगरेको आरोप लगाइएको श्रोतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सञ्जेल तत्कालिन अवस्थामा माओबादी केन्द्रको प्रतिनिधित्व गर्दै क्याम्पस सञ्चालक समिति उपाध्यक्षमा निर्वाचित भएका थिए । फेरी नयाँ नेतृत्व चयनका लागि यसैसाता क्याम्पससभा हुदैछ ।

यसैगरी उक्त वडाले वडा महिला सदस्य भगवती पाँचकोटीलाइ पनि कार्वाहीको सिफारीस गरको जनाईएको छ । यसले पार्टी भित्र खैलाबैला मच्चिएको छ ।