काठमाडौं– काठमाडौंबाट दुबईका लागि उड्न लागेको फ्लाई दुबईको एफजेड ७३७ कल साइनको विमानका चालकले मदिरा सेवन गरेको पाइएको छ ।

पाइलटले मदिरा सेवन गरेको उडान रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।  विमानस्थल स्रोतका अनुसार आइतबार बिहान ९ः४० बजे विमान दूबई उड्न लागेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फ्लार्इ दूबईबाटै आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको र सो क्रममा मदिरा सेवन गरेको पाइएको थियो ।

यसैबीच विमानस्थलमा रोकिएको फ्लाई दुबईको जहाज बेलुकी ७ः२० बजे दुबई उड्ने भएको छ ।  दुबईबाट अर्का पाइलट आएपछि बेलुकी ७ः२० बजे नयाँ उडान तालिका तय भएको फ्लाई दुबईको नेपाल कार्यालयका स्टेशन म्यानेजर अबिक श्रेष्ठले जानकारी दिए ।