दमक/गृहमन्त्रीको चर्चा पाएर पनि कुनै मन्त्री नपाएका बहुचर्चित एमाले साँसद नवराज सिलवाल केहि समययता निष्क्रिय जस्तै देखिएकाछन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लामो समय छाएका उनि अहिले गुमनाम जस्तै भएकाछन् । किर्ते मुद्धा समेत सेलाएको अवस्थामा उनी के गर्दै होलान सबैको चासोको बिषय हुने गरेको छ ।
नेकपा नेता एवं साँसद सिलवालले आफ्नो सचिवालय बनाएको सार्वजनिक भएको छ । उनि अब फेरी अगाडि आउनेछन् । जब एमालेमा प्रवेस गरे त्यो समयदेखि नै उनलाइ गृहमन्त्री र त्यो नभएको अवस्थामा गृह राज्यमन्त्रीको रुपमा हेरिएको थियो । यद्यपि उनले मन्त्री बन्न पाएनन् ।
सिलवालले अब सक्रिय रुपमा लाग्न र आफ्नो क्षेत्रको बिकासका लागि सचिवालय बनाएको जनाईएको छ । उनले अब सचिवालय मार्फत काम शुरु गर्नेछन् । सचिवालय प्रमुखको जिम्मेवारी राजेन्द्र न्यौपाने र सहायकको जिम्मेवारी प्रविनजङ्ग थापाले पाएकाछन् ।
पुर्व डिआइजि सिलवाललाइ यसभन्दा अगाडिको देउवा सरकारले प्रहरी प्रमुख बनाउनबाट रोक्नका लागि खुलेर लागेको भन्दै आलोचना समेत भएको थियो । पक्राउ समेत गर्न खोजेपछि लुकेर हिडेका थिए । अहिले साँसद भएपछि उनको उचाइ बढेको छ ।










