विष्णुप्रसाद पोखरेल
दमक/लोकप्रीय छबि बनाएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंण्डितलाइ बिबादमा तान्न थालिएको छ । प्रमुख सञ्चारमाध्यमहरुले पंण्डितलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउन लागेको भन्दै समचारहरु प्रकाशन तथा प्रशारण भएकाछन् ।
पंण्डितले काम गर्न नसकेका कारण ओलीको सचिवालयले उनलाइ डेन्जोर जोनमा राखेका समचारहरु आएको थियो । यद्यपी सचिवालय तथा ओलीले यस बिषयमा कहि केहि पनि बोलेको पाईएको छैन । पंण्डितलाइ झुकाउनका लागि कर्मचारी प्रशासन र बिभिन्न शक्तिकेन्द्र लागेको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना समेत हुन थालेको छ ।
पंण्डितलाइ बिबादमा ल्याएर राजिनामा दिन बाध्य बनाउन कर्मचारी संयन्त्रहरुले यस प्रकारको खेल खेलेको हुनसक्ने पंण्डित पक्षधरको बुझाइ रहेको छ । उनी निकट एक नेताका अनुसार पंण्डितलाइ हटाउने वा असफल भनेर घोषणा गर्ने काम न सचिवालयबाट भएको छ न त पार्टीबाट नै भएको छ ।
कर्मचारी बिरुद्ध कडा रुपमा प्रस्तुत हुदै आएका पंण्डितलाइ कर्मचारीका संघसंगठन र नेताहरुले खुलेआम रुपमा चुनौती दिदै आएकाकछन् । यद्यपि पंण्डितले आफु राजिनामा दिन या मन्त्री पद त्याग्न तर जनताको हित बिपरीत नझुक्ने बताउदै आएकाछन् । उनले भनेकाछन्, मेरो अडान सहि रहेको छ र म झुक्दिन, मेरा लागि मन्त्री ठुलो पद होइन ।










