दमक/ दमक नजिकै झापाको कमल गाँउपालिकाको पाडाजुंगीमा आज बिहान माइक्रोबसले स्कूलबसलाइ ठक्कर दिएको छ । कमल गाँउपालिकाका गेउरीयामा रहेको हिमाली स्कूलको बसलाइ बा ५ ख ८२८ नम्बरको माइक्रोबसले ठक्कर दिएको बताइन्छ ।
तिब्र गतिमा पुर्वबाट पश्चिम आइरहेको माइक्रोले को १ क २१५८ नम्बरको स्कूल बस पाँडाजुगी गौरीगन्ज सडक तर्फ मोडदा ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएकाछन् ।
बसमा सवार रहेका बिद्यार्थीहरुमध्ये ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । २ जनाको बिराटनगर र ३ जनाको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।











