प्रधानन्यायाधिशमा सिफारिस दीपकराज जोशीबारे टुंगोमा पुग्न संसदीय सुनुवाई समितिको बैठक सोमबार (आज) सिंहदरवारमा सुरु भएको छ ।
जोशीका शैक्षिक प्रमाणपत्र र फैसलाहरु विवादमा परेपछि याे विषय थप जटिल बनेकाे छ । साथै जाेशीले न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको अाराेप सांसदले लगाएका छन् ।
गत विहीबारबाट जोशीको सुनुवाई सकिएपनि उनलाई अनुमोदन गर्ने कि नगर्नेबारे समितिले निर्णय सुनाउन सकेको छैन। आज निर्णय गर्ने भन्दै सञ्चारकर्मीलाई भने बैठकस्थलमा जान दिइएको छैन ।










