काठमाडौं, २८ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन् । जहाज मंगलबार राति साँढे ११ बजे उड्ने तालिकाअनुसार एक घण्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालकदल सदस्य) सबै दुरुस्त । तर जहाज उँड्दैन । करिब आधा घण्टाअघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन् । चालकदलका सदस्यले बल्ल साँढे ११ बजे थाहा पाए – जहाज कमान्ड गर्दै दोहासम्म उडाएर लैजानुपर्ने बरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङको मोबाइल फोन ‘स्विचअफ’ छ । उडान तालिकाअनुसार उड्नु एक घण्टाअघि क्याप्टेन र को पाइलट विमानस्थल पुगिसकेको हुनुपर्दछ । तर, क्यापटेन गुरुङ भने मोवाइल फोन स्विचअफ गरेर ‘गैरजिम्मेवार’ तरिकाले सम्पर्कविहीन भएपछि बाँकी चालकदलले उडान रद्द भएको घोषणा गर्यो । नागरिक दैनिकमा खबर छ ।
क्याप्टेनले मोबाइल ‘स्विचअफ’ गर्दा…
सवाल नेपालसंवाददाताबिहीबार, २७ पुस २०७३

क्याप्टेनले मोबाइल ‘स्विचअफ’ गर्दा…
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



