विष्णुप्रसाद पोखरेल दमक । यसभन्दा अगाडि परम्परागत रुपमा रोपिदै आएका रुखहरु रोप्दै आएको झापामा रहेको रतुवामाइ बृक्षारोपण आयोजना केर्खाले पहिले पटक ‘काठे सुन’को रुपमा विश्वमा चिनिएको ‘अगरवुड’ लगाएको छ । आयोजनाको खाली जमिनमध्ये ५ हेक्टरमा ५ हजारभन्दा बढि अगरवुड लगाईएको बताईएको छ ।
यो छिटो र धेरै आम्दानी लिन सकिने रुख भएकाले यसलाइ पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’को रुपमा लिईएको आयोजनाले जनाएको छ । रतुवा माइ बृक्षरोपण आयोजनाका प्रमुख खेम विश्वकर्माका अनुसार यो सदाबहार र गैह् काष्ठ जन्य एबं चाडै बढने वनस्पति भएको जनाईएको छ । रुखमा खोटो बस्ने रेजिन वा चोप अउने काठको प्रजातिहरु एक्विलेरिया र गाइरिनोप्स जस्ता थाइमेरिया परिवार र दक्षिण पुर्वी एसीयामा पाइने रैथाने प्रजाति हो ।
यसको बोटमा खास गरेर विशेष प्रकारको ढुसी हालेपछि यसको प्रतिरोधमा पहिले सेतो रहेको काठ पछि हल्का वा गाढा खैरो कालो रङ्गको अत्यन्त सुगन्धित काठ दाउरा उत्पादन हुन्छ । यसलाइ राम्ररी काटेर र ताछेर छुटयाइन्छ र खोटो वा चोप भएको यस्तो काठको चोटाइलाई अगर उड भनिन्छ । यो अत्यन्त महँगो धुप, पर्फुयुम, बिभिन्न औषधी र सौन्दर्यको सामान बनाउन प्रयोग गरिने गरेको जनाइन्छ ।
आयोजना स्थलमा यसभन्दा अगाडि टिक, मसला र कदम प्रजातिका बिरुवाहरु रोपिदै आएको थियो । अगरवूड संसारको सबै भन्दा महँगो रुख हो । उत्तर पूर्वी भारत देखि जापान, मलेसिया, म्यानमार, इन्डोनेसीया, कम्बोडिया, थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिने विश्वकर्माले जनाउनु भयो । अगर को नामबाट प्रख्यात रहेको अगरवूड कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने, करिब ८ वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष हो, आयोजना प्रमुख विश्वकर्माले भन्नुभयो ।
बिभिन्न बनस्पतिहरुलाइ नजिकबाट नियाल्नु भएका स्थानीय प्रसाद सुब्बाका अनुसार औषधिको रुपमा यसको तेल विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग भएको पाइदै आएको छ । डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपाटाइटिस लगायतको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग हुने उहाँले बताउनु भयो ।
अहिले लगाईएको अगरवुडबाट ५ देखी १० बर्षमो उत्पादन लिन सकिने आयोजना प्रमुख विश्वकर्मा बताउनु हुन्छ । एउटा राम्रो चोप भएको अगरवुड रुखले कम्तिमा १० लाख देखी २ करोड सम्म आम्दानी दिने गरेको अध्ययनबाट देखिएको विश्वकर्मा बताउनु हुन्छ । आयोजनाका लागि यो एउटा राम्रो आम्दानीको श्रोत बन्न सक्छ र यसलाइ हामी विस्तार गर्दै लैजाने छौ ।
यो आयोजनास्थल पूर्वमा माईखोला र कन्काई नगरपालीका, पश्चिममा दमक नगरपालीका, उत्तरमा इलाम जिल्लाको चुलाचुली गाउँपालीका तथा माई नगरपालीका र दक्षिणमा झापा जिल्लाको शिवशताक्षी नगरपालीका तथा कमल गाउँपालीकामा पर्दछ ।
आयोजना क्षेत्रको २ हजार १ सय ९४.४६ हेक्टर क्षेत्रलाई मसलाको वनको रुपमा, सालको प्राकृतिक कवन र वरपरको झाडी बुट्टयान क्षेत्रलाई समेत समेटी ३ सय ७६.१५ हे क्षेत्रलाई सालको वनको रुपमा ४ सय ५६.९९ हेक्टर क्षेत्रलाई टिकको वनको रुपमा बिकास गर्ने योजना आयोजनाले सार्वजनिक गरिसकेको छ ।










