दमक/इलाका प्रहरी कार्यालय दमकमा दीपक गिरी भन्दा अघि प्रमुख रहेका डिएसपि राजन लिम्बुले प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी पाएकाछन् । लिम्बुको प्रधानमन्त्रीको बिशेष सुरक्षा इकाई, बालुवाटारमा सरुवा भएको हो।
यसअघि प्रधानमन्त्रीको पिएसओमा सानुराम भट्टराई थिए। उनी एसपीमा बढुवा भएपछि लिम्बुलाई पिएसओमा ल्याइएको हो प्रधानमन्त्रीको पिएसओमा सरुवा भएका लिम्बु यसअघि सुवास नेम्वाङ सभामुख हुँदा उनको पिएसओका रुपमा काम गरेका थिए ।











