काठमाडौँ, २८ पुस । उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित सालीनदीमा ५०० वर्ष पुरानो श्री स्वस्थानी व्रत कथा एवम् माधवनारायण मेला सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने यो मेलामा महिला पुरुष गरी २०३ जना एक महिने व्रत बसेको श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ । १८८ महिला र १५ पुरुष यस वर्ष सालीनदीमा व्रत बसेको समिति अध्यक्ष राजुभाइ मानन्धरले जानकारी दिनुभयो ।

“चारदिनसम्म आउने व्रतालुलाई समावेश गराइने परम्परा रहेकाले व्रतालु थपिन सक्ने सम्भावना छ, यहाँ बस्ने ६० प्रतिशत व्रतालु बाहिरका छन्, व्रतालुले साँखुमै कोठा लिएर बस्नुपर्ने चलन छ, भूकम्पले घर भत्किएका कारण व्रतालुलाई राख्ने ठाउँको अभाव भए पनि व्रत बस्न चाहनेलाई मिलाएर राख्ने व्यवस्था गरेका छौँ” – उहाँले भन्नुभयो ।

व्रत बस्नेले बिहान नियमित स्नान, मध्याह्नकालमा श्रीमहादेवको पूजा गरी एक छाक सात्विक भोजन गर्नुपर्नेजस्ता विधि अपनाउनुपर्छ ।

मेलाका लागि आजैदेखि साँखु बस व्यवसायी सङ्घले थप बसको व्यवस्था गरेको छ । साँखुबाट रत्नपार्क, नयाँबानेश्वर र सातदोबाटो मार्गमा सवारी सञ्चालन हुँदै आएको छ । यस वर्ष २० लाख धार्मिक पर्यटक साँखुमा भित्र्याउने गरी सवारी साधन चलाउन सङ्घलाई अनुरोध गरिएको समितिले जनाएको छ ।

मेलाका क्रममा भक्तजनसँग पसल चलाउनेले बढी मूल्य लिएको गुनासो बढेपछि यसवर्षदेखि प्रत्येक पसलमा मूल्यसूची टाँस गर्न अनिवार्य गरिएको छ । यहाँस्थित इलाका प्रशासन कार्यालय, महानगरीय प्रहरी प्रभाग र समितिमा बढी मूल्य लिनेविरुद्ध उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ । बढी मूल्य लिएको पाइएमा कारबाही गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा हालै बसेको बैठकले निर्णय गरेको अध्यक्ष मानन्धरले बताउनुभयो ।

मेलाका लागि आजै बिहानैदेखि सालीनदी आउनेको सङ्ख्या बढ्न थालेको छ । माघ महिनामा सालीनदीमा आई स्नान गरे पाप नास भइ पुण्य मिल्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah