काठमाडौँ, २८ पुस । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको भेटमा राजदूत हङलाई स्वागत गर्नुका साथै उहाँको पूर्ण कार्यकालको सफलताको कामना गर्नुभयो । नेपाल–चीन तथा आफ्नो पार्टी (एमाले) र चिनियाँ कम्युनिस्ट पार्टीबीच सुमधुर एवम् ऐतिहासिक सम्बन्ध रहेको पनि पूर्व प्रधानमन्त्री नेपालले चर्चा गर्नुभयो । ।

नेपाल एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा नेपाल उहाँले उल्लेख गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

चीनका वर्तमान राष्ट्रपति सी जिन पिङले अगाडि सार्नुभएको ‘वन बेल्ट वन रोड’को अवधारणाको स्वागत गर्दै नेता नेपालले सोही अवधारणाका आधारमा ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारलगायत आर्थिक समृृद्धिका विविध क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा पनि गर्नुभयो ।

उहाँले राजदूतको कार्यकालमा नेपाल र चीनबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पारस्परिक लाभ एवम् सम्मानका आधारमा द्विपक्षीय सहयोग थप अभिवृद्धि हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

भेटमा चिनियाँ राजदूतले नेपालजस्तो सुन्दर एवम् चीनसँग ऐतिहासिक सम्बन्ध भएको असल छिमेकी राष्ट्रको राजदूतका रुपमा जिम्मेवारी पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको उल्लेख गर्दै आफ्नो कार्यकाललाई दुवै देशको हितको पक्षमा अधिकतम उपयोग गर्न प्रयास गर्ने धारणा राख्नुभयो ।

नेपाल र चीनबीच विविध क्षेत्रमा भएको साझेदारी तथा सहयोगलाई आफ्नो कार्यकालमा अभिवृद्धि गर्ने सम्बन्धमा आफू प्रयासरत रहने उल्लेख गर्दै राजदूत हङले सार्वभौमसत्ता सम्पन्न नेपालले आन्तरिक विषयलाई आफ्नै विशिष्टताका आधारमा हल गर्न र संविधानको सफल कार्यान्वयनमा चीन सरकारको शुभेच्छा रहेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah