दमक/झापाको दमक बहुमुखि क्याम्पसमा क्याम्पससभा हुन लागेपछि लफडा शुरु भएको छ । आज बिहान बस्ने बैठक समेत दिउसो लागि सरेको छ । क्याम्पस सञ्चालक समितिका सदस्यहरु बिहान क्याम्पस पुगेर फर्केकाछन् । भोली शनिबारलाइ क्याम्पससभा बोलाइएको छ ।

क्याम्पस सञ्चालक समितिले क्याम्पस घाटामा गएको बिषय र क्याम्पस सुधार सहितको योजना अघि सारेपछि त्यो आफुहरु अनुकुल नभएको भन्दै प्राध्यापकहरु रुष्ट रहेको श्रोतको भनाइ छ । साविक पाउदै आएको सेवा सुबिधा कटौती गर्नु नहुने प्राध्यापकहरुको भनाइ रहदै आएको एक प्राध्यापकले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफुहरुलाइ केहि नसोधि बिधान शंशोधन लगायतका कार्यहरु गरेको भन्दै क्याम्पसका प्राध्यापकहरुले बिरोध जनाउदै आएको बताइन्छ । यसैगरी केहि समयअघि कार्वाही गरिएको भनिएका स्वबियू सचिब रोशन भण्डारीको बिषयमा समेत आज निर्णय हुने श्रोतको भनाइ छ ।