दमक/केहि समय अघि दमक बहुमुखि क्याम्पस स्वबियु सचिब रोशन भण्डारीलाइ क्याम्पसले कार्वाही गर्दै क्याम्पस प्रवेसमा रोक लगाएको थियो । उनि शुक्रबार क्याम्पसमा देखिएकाछन् ।
आफुलाइ नियमसंगत रुपमा कार्वाही नभएको र अन्यायमा परेको बताउदै बिद्यालय सञ्चालक समितिमा पुनारवेदन गरेपछि उनको बिषयमा छलफल हुने भएपछि उनि क्याम्पसमा आएकाहुन् ।
शुक्रबार अपरान्ह शुरु भएको सञ्चालक समितिको बैठकमा उनि अभिभावक सहित उपस्थित रहेकाछन् । उनलाइ कार्वाही फुकुवा गर्नु पर्ने पक्षमा क्याम्पस सञ्चालक समितिका धेरै सदस्यहरु रहेको जनाईएको छ ।
क्याम्पस पुगेका उनले क्याम्पस प्रमुख उत्तम भट्टराइलाइ नमस्ते गरेका थिए भने भट्टराइले पनि नमस्ते फर्काएका थिए । तर त्यहाँ कुनै संवाद भएको थिएन ।










