बिष्णुप्रसाद पोखरेल दमक । समुदायीक रुपमा सञ्चालमा आएको दमक बहुमुखि क्याम्पस खर्च धान्न नसकेर बन्द हुने अवस्थामा पुग्न लागेको बताईएको छ । क्याम्पस सञ्चालक समितिका सदस्यहरुले ब्यवस्थापकीय र प्रशासनिक कमजोरीका कारण क्याम्पस घाटामा गएर बन्द हुने अवस्थामा आएको आरोप लगाउदै आएकाछन् ।

क्याम्पसले उपदानका लागि बनाएको कोष, बिद्यार्थी, प्राध्यपक लगायतको हितमा बनाएको कल्याणकोषहरु समेत रित्तो भएको पाईएको छ । कोषहरुबाट रकम झिकेर प्राध्यापक तथा कर्मचारीहरुले तलव खाएका कारण अहिले क्यापसले बनाएका कोषहरुमा रकम नभएको श्रोतको भनाइ रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्याम्पस सञ्चालक समिति सदस्य प्रविण चाम्लिङका अनुसार प्राध्यापकहरुले बढि सेवा सुबिधा लिने, क्याम्पस घाटामा गएपनि खर्च घटाउने तर्फ ध्यान नदिने गरिएका कारण क्याम्पस घाटामा गएको पाईएको बताउनु भयो । अतिरक्ति समयको बहानामा नपढाइ समेत सुविधा लिने गरेको समेत पाईएको भन्दै यस बिषयमा आफुहरुले गम्भिर रुपमा आवाज उठाएको समेत उहाँको भनाइ रहेको छ ।

दिनप्रतिदिन क्याम्पस घाटामा गएर बन्द हुने अवस्था आएको भन्दै घाटा न्यूनिकरण गर्न र ब्यवस्थापन सुधारका लागि क्याम्पसका पुर्व सञ्चालक समिति अध्यक्ष समेत रहनु भएका दमक नगरपालिका पुर्व प्रमुख इन्द्र बुढाथोकीको संयोजकत्वमा कार्यदल बनाएर क्याम्पसलाइ बन्द हुने अवस्थाबाट जोगाउन खोजिएको क्याम्पस सञ्चालक समिति अध्यक्ष देबीप्रसाद दाहालले बताउनु भयो ।

क्याम्पस सञ्चालक समितिले बनाएको कार्यदलले दिएको प्रतिबेदन अनुसार क्याम्पस ३ करोड ५१ लाख ८४ हजार ५ सय ४० रुपिया घाटामा रहेको छ । यसलाइ क्याम्पसको दायित्व भनिएको छ । आर्थिक बर्ष २०७४÷७५ अन्त्यसम्ममा प्राध्यपक कर्मचारीको तलव र ओभरटाइम काम गरेबापत १ करोड १४ लाख ८४ हजार ५ सय ४०, बिद्यार्थी कल्याणकोष ऋण सापटी फिर्ता गर्न बाँकी ५० लाख, प्राध्यापक कर्मचारी कल्याण कोष ऋण सापटी फिर्ता दिन बाँकी ९० लाख र अवकाश पं्राप्त प्राध्यापकलाइ उपदान भुक्तानी दिन बाँकी ९७ लाख रुपिया देखाइएको छ ।

क्याम्पस प्राध्यापकहरुका कारण बढिमात्रामा क्याम्पस घाटामा गएको प्रतिबेदनमा औल्याउन खोजिएको छ । छिमेकका यहि प्रकृतीका क्याम्पसहरु अध्ययन गर्दा कुनै क्याम्पसले साप्ताहिक कक्षाभार २१ र २४ पिरियड गरेको पाइएपनि यहाँ पनि १८ मात्र भएको पाइएको भन्दै यो हटाउनु पर्ने र कम्तिमा २१ बनाउनु पर्ने सुझाव राखिएको छ । यहि क्याम्पसमा पहिला २४ पिरियड समेत रहेको पाईएको जनाउदै यसलाइ घटाउदा अहिले यो अवस्था आएको औल्याइएको छ ।

‘लगबुक’ नराखिकन प्राध्यापक तथा कर्मचारीहरुलाइ अतिरिक्त समय काम गरेको भनेर रकम भुक्तानी गरेको पाईएको भन्दै यसलाइ ब्यवस्थित गर्न भनिएको छ । क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराइले केहि प्रशासकिय कमजोरीका कारण कतिपय अवस्थामा नपढाएको समयको समेत अतिरिक्त तलव प्राध्यापकहरुले बुझेको स्वीकार गर्नु भयो । तर बहिर आए जस्तो पढाउदै नपढाइ तलव तथा रकम बुझेको भन्ने नरहेको उहाँको भनाइ थियो ।

यसैगरी बिहानी शत्र र दिउसो शत्र गरेर कर्मचारी राखिदा ठुलो आर्थिक भार परेको भन्दै यसलाइ एउटै हुने गरी कर्मचारी समायोजन गर्नु पर्ने पनि उल्लेख छ । दुइ सिफ्टमा नभएर एक सिफ्टमा नै कर्मचारीहरु राखिदा यसले ब्यभार कम हुने भएकाले क्याम्पस बचाउन यसमा कर्मचारी पनि सहमत हुने अपेक्षा लिइएको बिद्यालय सञ्चालक समिति अध्यक्ष देबीप्रसाद दाहालले बताउनु भयो ।

मानविकी शंकामा बिद्यार्थीहरु अत्यन्त कम भएपनि प्राध्यापकहरु पाल्नु पर्ने अवस्था रहेको भन्दै तत्काल यस बिषयमा सोच्नु पर्ने कार्यदलले सुझाव दिएको छ । ऐच्छिक बिषयमा कम्तिमा १५ जना बिद्यार्थी हुनु पर्नेमा शिक्षा तर्फ यो नपाइएको र एउटा बिषयमा २ जना समेत बिद्यार्थी पढाइरहेको पाईएको प्रतिबेदनमा उल्लेखछ ।

प्राध्यापकहरुले त्रिभुवन विश्वबिद्यालय तोकेबमोजिम सेवा सुविधा देखि लिएर सबै अधिकार पाउनु पर्ने बताउदै आएकाछन् । स्वबियु सभापति बिनोद चापागाइले प्राध्यपकहरुले त्यसो बताइरहदा बिद्यार्थीहरुले पनि त्रिभुवन बिश्वबिद्यालयले तोकेको रकम मात्र तिर्दा क्याम्पसको अवस्था के होला ? भनेर सोच्न आग्रह गरिएको बताउनु भयो । उहाँ पनि यो कार्यदलमा सदस्य हुनुहुन्छ । गतबर्षको तथ्याङकमा २८ सय ९२ बिद्यार्थी रहेको क्याम्पसमा ६२ प्राध्यापक र २५ कर्मचारी रहेकाछन् ।

सञ्चालक समितिबाट निर्णय भएको प्रतिबेदन लागु भएमा बार्षिक रुपमा १ करोड घाटा काम हुदै जाने बताईएको छ । कर्मचारी र प्राध्यापकको तलवमात्र ७० लाख रुपिया बच्ने र यो अवस्थामा बिद्यार्थीको शुल्कमा १० प्रतिशत बृद्धि गर्दा ३२ लाख रुपिया आम्दानी बढ्ने भएकाले एक बर्षमा १ करोड घाटा पुर्ति हुनेछ ।

क्याम्प्सको गतबर्षको खर्च ६ करोड १९ लाखभन्दा बढि रहेको छ । बार्षिक रुपमा यो खर्च बढ्दै जाने गरेको छ । प्राध्यापकहरुले भने यसको बिरोध गर्दै आएकाछन् । क्याम्पस प्रमुख भट्टराइले यो सञ्चालक समितिबाट निर्णय भएकाले लागु भइसकेको र अब क्याम्पससभाले पुर्नबिचार गरेमात्र यो सच्चाउनु पर्ने भए सच्चिने अवस्था रहेको बताउनु भयो ।

यसैगरी क्याम्पस श्रोतले उपलब्ध गराएका सुझाव प्रतिबेदन प्राप्त भएको छ । जसमा यस्तो उल्लेख छ ।