काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अबको १० दिनमै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा आज उहाँले निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने जिकिर गर्नुभयो । “संशोधन विधेयक पारित भएपछि मात्र अहिलेको राजनीतिक समस्या हल हुन्छ, आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने सरकारको तयारी छ” उहाँले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले निर्वाचन गराउने हल्ला मात्र गरेको तर निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाउनुभयो । पहिले वैशाखमै चुनाव गराउने जिकिर गरिँदै आए पनि त्यसको सम्भावना नदेखेपछि अब जेठको नारा लगाइएको दोषारोपण उहाँले गर्नुभयो ।

नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधन भएपछि मात्रै सबै दल निर्वाचनमा जाने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले काँग्रेसले सबै दललाई निर्वाचनमा भाग लिने वातावरण तयार गर्न लागिपरेको जनाउँदै जेठमा स्थानीय तहको निर्वाचन भए कात्तिकदेखि मङ्सिरसम्म दुई निर्वाचन गर्न सकिने बताउनुभयो ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले सरकारले संविधान संशोधन विधेयकका नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँले आगामी जेठमा निर्वाचन गराउने सरकारको कुरामा विश्वास नलागेको उल्लेख गर्दै भन्नुभयो, “सरकारले संसद्मा दर्ता गराएको संशोधन विधेयक नै अवैधानिक भएकाले त्यसलाई तत्काल फिर्ता गर्नुपर्छ ।”

नेपाल सद्भावना पार्टीका नेता अनिलकुमार झाले चुनावमा जाने कुरामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विरोधी नभएको स्पष्ट पार्दै मोर्चालाई निर्वाचनमा सामेल गराउन संविधान संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah