लखनपुर,२८ पुस÷ धरान भेट्रन क्लव झापाको लखनपुरस्थित आदिवासी रङशालामा जारी पूर्वाञ्चलस्तरिय भेट्रन फूटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बिहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा धरानले दमक–लखनपुर भेट्रन क्लवलाई ३ र २ गोल अन्तरले धरानले फाइनल यात्रा तय गरेको हो ।

खेलको १८ औ मिनेटमा धरानका १६ नम्बर जर्सीका खेलाडी प्रेम अधिकारीले पेनाल्टी मार्फत अग्रता गरेका थिए । त्यसपछि २७ औ मिनेटमा धरानका जर्सी नम्बर १० का गणेश लिम्बुले थप एक गोल गरेका थिए । हाफपछिका खेलको ४२ औ मिनेटमा दमक –लखनपुर भेट्रनका ११ नम्बर जर्सीका देउमान लिम्बुले धरान विरुद्ध एक गोल गर्न सफल भएका थिए ।  लगत्तै खेलको ४३ औ मिनेटमा धरानका १८ नम्बर जर्सीका तिर्थ मगरले धरानका लागि थप एक गोल गरि ३ गोल जोड्न सफल भएका थिए ।

खेलको ५६ औ मिनेटमा दमक–लखनपुरका खेलाडी सुवास आङथुपोले एक गोल गरेर बाहिरिनु परेको थियो । सो खेलको म्यान अफ दि म्याच धरानका प्रेम अधिकारी घोषित भएका थिए ।

शुक्रवार अन्तिम हुने सेमिफाइनल खेलमा मोरङको राजघाट भेट्रन र विराटनगरको यूनाईटेड भेट्रन क्लववीच प्रतिष्पर्धा हुने खेल संयोजक शान्तकुमार राईले जानकारी दिए । उपाधिका लागि आउदो माघ २ गते प्रतिष्पर्धा हुने छन् । प्रतियोगितामा विजेतालाई नगद ६० हजार ,उपविजेतालाई नगद ३० हजार र ट्रफि प्रदान गरिने छ । उक्त प्रतियोगितामा पूर्वाञ्चलका १० वटा भेट्रन टिमको सहभागीता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah