दमक,२८ पुस÷बिष्णुप्रशाद पोख्रेल -झापाको लखनपुरस्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको नामकरणको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति यहाँका सरोकारवालापक्षहरुले आपत्ति जनाएका छन् ।

बिहीवार दमकमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापा र आदिवासी रङशाला तथा स्मृति प्रतिष्ठानले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि एमाले अध्यक्ष ओलीले दमकको आकासे पुल उद्घाटनका क्रममा दिएका अभिव्यक्ति प्रति आपत्ति जनाएका हुन् । गएको पुस २६ गते आफनो मन्तव्यका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उक्त रङशालाको नाममा आफना पार्टीका स्व. नेता मदन भण्डारीको नाममा रङशाला बनाउनु पर्ने सार्वजनिक रुपमा भनाई आएपछि उनको विचार विवादीत बनेको हो । उद्घाटन समारोहमा प्रमुख अतिथीका रुपमा आएका ओलीको मन्तव्य सकिना साथ विशिष्ट अतिथी समेत रहेकी कांग्रेसकी सांसद महेन्द्रकुमारी सुब्बाले तुरुन्तै ओलीको भनाईको खण्डन गरेकी थिईन् । त्यसक्रममा सांसद सुब्बाले ओलीलाई आदिवासी रङशालाको नाममा राजनीति नगर्न सुझाव दिइन् ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका महासचिव धिरेन लावतीले ओलीको सार्वजनिक आशयले आदिवासी रङशाला बनाउने नदिने षडयन्त्र भएको आरोप लगाए । उनले २०६६ सालदेखि निर्माणाधीन रङशालाको नामकरण सरकारको स्थानीय निकाय र सरोकारवाला पक्षबीच नामकरणमा सहमती भईसकेको विषयमा अहिले आएर विवाद ल्याउनु ठिक नभएको धारणा राखे । ‘ हाम्रा पूर्खाहरुको समाधिस्थल नष्ट गरि निर्माण शुरु गरिएको रङशाला पहिचानसंग जोड्नि पुगेको छ ।’ महासचिव लावतीले भने  ,–‘ ओलीको भनाई फिर्ता लिएर रङशालाको विकासमा उनीबाट सहयोगको अपेक्षा लिएका छौ ।’ उनले आदिवासी रङशालाको नाममा अव उप्रान्त त्यस्तो अभिव्यक्त नदिन समेत ओलीलाई चेतावनी दिए ।

यसैगरि महासंघका जिल्ला अध्यक्ष पारसमणी राईले ओलीको अभिव्यक्तिले आदिवासी जनजातिलाई चोट पुगेको बताए । आदिवासी रङशाला नाममा राज्यले हेर्ने दृष्ट्रिकोणका रुपमा ओलीको विचार आएको उनको दावी थियो । राईले देशकै दोश्रो ठुलो दलका सर्वीच्च नेताले दिएको विचार गैरजिम्मेवारी तथा आदिवासी जनजातिको अधिकारलाई दमन गर्ने अभिव्यक्ति भएको बताए । उनले भने–‘ ओलीको अभिव्यक्तिले हामीलाई आघात पुगेको छ ।’

पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका क्षेत्रीय इन्चार्ज दिपेनवाला राईले आदिवासी रङशालाको नाममा कसैले पनि विवाद झिक्ने काम गर्न नहुने धारणा राखेका थिए । उनले राज्यका तर्फबाट समेत नाम परिवर्तन सम्बन्धी कुनै पनि प्रकारको निर्णय गुपचुपमा भएको भए त्यस्ता गलत कार्य तुरुन्त फिर्ता लिन चेतावनी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah