काठमाडौ । सरकारले नागरिकता ऐन संशोधनको तयारी गरेको छ । त्यसको लागि विधेयक संसदमा पेश गरिने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेकाे बैठकले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।
बैठकले सुरक्षित मातृत्व तथा प्रजनन्, वातावरण संरक्षण, अपाङ्गहरुको अधिकार, उपभोक्ता संरक्षण सम्बन्धी कानुन, भुक्तानी तथा फस्यौट र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार र ओसारपसार नियन्त्रण लगायतका ७ विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । जनता समाचार बाट










