दमक/झापा दमकका ब्यवसायीहरुले अब दमक बन्दमुक्त भइसकेकाले कसैलाइ पनि बन्द नगर्न आग्रह गरेकाछन् । प्रदेशको नामकरणका लागि दबाब दिने उदेश्यले बिभिन्न साना राजनीतिक दलहरुले बन्द आह्वान गरेपछि दमकका ब्यवसायीका अगुवाहरु बन्द बिरुद्ध बजारमा निस्केर नै यसको बिरोध गरेकाछन् ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा लगायत बिहानैदेखि बजारमा निस्केकाछन् । बन्दमुक्त अभियानका संयोजक समेत रहेका खतिवडाले भने, ‘किन बन्द ? आज दमक खुला छ र रहन्छ ।’ उनले बन्दको बिकल्प खोज्न पनि आग्रह गरे ।
राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश नं १ को नाम किरात लिम्बुवान राख्न माग गर्दै आगामी साउन २२ गते प्रदेश नं १ बन्द गर्ने घोषणा गरेको जनाईएको छ ।










